Comments Add Comment

पाल्पामा पहिरोले ६ घर पुर्‍यो, एकको मृत्यु

साइरन बजेपछि स्थानीयले बस्ती छाडे

pahiro_palpa११ साउन, बुटवल । रातभरको भारी वर्षापछि बुटवलको तिनाउ नदीमा पानीको सतहे बढेको छ । नदीले छेउछाउको बस्ती समेत काटेको छ । बुटवल १३ बुद्धनगरको बस्तीमा बाढी पसेपछि स्थानीयहरु सुरक्षित स्थानमा गएका छन् ।

खोलाको सतह बढेपछि पाल्पाको दोभानबाट साईरन बजाइएको छ भने रुपन्देहीमा रहेका ३ वटा साइरन पनि बजाइएको छ ।  बुटवल १३ को हात्तिसुढमा तिनाउले छेउको बांकी भाग कटान गरेर बस्तीसम्म क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

तिनाउको किनारमा ११ हजार सुकुम्बासी बस्ने भएकोले उनीहरू जोखिममा छन् । तिनाउमा यो वर्षकै ठूलो बाढी आएको स्थानीयले बताए । अहिले तिनाउ आसपासमा प्रहरी परिचालन गरेर स्थानीयलाइ बस्तीमा जान रोक लगाइएको छ । बुटवल १३ को झोलुङ्गे पुलको बुद्धनगरपटि्टको भागको जग (खम्बा) बाढिले कटान गरेपछि पुल नै भत्कने खतरा बढेकोछ ।

यसैबीच, बुटवल १३ देबिनगर र बुद्धनगर जोड्ने झोलुङ्गे पुल तिनाउको बाढीले बगाएको छ । तिनाउको यो पुल बगाएपछि स्थानीयहरुमा भागाभाग भएको छ । तिनाउ वरपरको सुकुम्बासी बस्ती डुबानमा परेको छ । बाढी बस्तीमा पसेसँग मानिसहरू समस्यामा परेका छन् । उद्धारका लागि प्रहरी परिचालन गरिएको छ । बुटवलको प्रगतिनगरमा ५ वटा घर बाढिले बगाएको छ ।

त्यस्तै पाल्पा  देाभान १ मा रहेको कामीटोलमा पहिरोले ६ घर पुरेको छ  भने एक किशोरीको ज्यान गएको छ । १५ वर्षीय अस्मिता बिकको मृत्यु भएको दोभान प्रहरीले बताएका छन् ।

गएरातिदेखि पारिरहेको वर्षाकारण पहिरो खसेको थियो । स्थानीयले भने बिहान ४ बजेमात्रै पहिरोले पुरेका थाहा पाएका थिए । टेक ब बिक,अमर बुढा,इन्द्र खत्री ,हरिलाल परियार ,किसान बिकको घरमा क्षति पुर्याएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलमा उद्धार शुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment