Comments Add Comment

पाँच अर्ब डलरमा बिक्यो याहु, इन्टरनेट इतिहासकै दुःखद् घटना

yahoo

 

कुनैबेला इन्टरनेट उद्योगको बादशाह मानिने अमेरिकी कम्पनी याहुले आफ्नो ब्यबसायिक यात्राको दुःखद् अन्त्य गरेको छ । कुनै बेला माइक्रोसफ्टले ४४ अर्ब डलर दिादा पनि बेच्न अस्वीकार गरेको याहुले अहिले जम्मा ५ अर्ब डलरमा स्वामित्व गुमाउनुपरेको छ ।

निरन्तरको घाटापछि केही महिना पहिले आफुलाई बिक्रिमा राखेको याहुलाई अमेरिकी दुरसञ्चारकम्पनी भेरिजोनले ५ अर्ब डलरमा किनेको छ । पछिल्ला बर्षहरुमा इन्टरनेट कम्पनीहरु जुन दरमा खरिदबिक्रि भइरहेका थिए, त्यसको तुलनामा याहुको मूल्य निकै कम हो । सन् २००० मा याहुको सेयर मूल्य उच्च रहेका बेला उसको कुल बजार पूँजीकरण १ खर्व २५ अर्ब डलरको थियो ।

गत वर्ष भेरिजोनले किनेको अर्को इन्टरनेट कम्पनी एओएलसँग याहुलाई मिसाइने छ । यो खरिद सम्झौतामा याहुको चिनियाँ कम्पनी अलिबाबासँग भएको सेयरचाहिँ हिसाव गरिएको छैन ।

इन्टरनेट दुनियाँमा सफलता पाउनुभन्दा त्यसमा टिकिरहनु कति चुनाैतीपूर्ण छ भन्ने एउटा दुखद् दृष्टात हो याहुको अबसान । यसअगाडी मोबाइल फोन उत्पादक कम्पनी नोकियाको पनि यस्तै दुखद् अबसान भएको थियो ।

सन् १९९४ मा स्थापित याहुले सन् २००३ मा गुगललार्इ ३ अर्व डलरमा  किन्ने प्रस्ताव गरेको थियो । तर, गुगलका संस्थापकहरूले त्यसलार्इ अस्वीकार गरे । याहुले त्यतिबेलै गुगलले अाफुलार्इ धक्का दिने अनुमान गरिसकेको थियो । अाखिर भयो पनि त्यस्तै, इन्टरनेट दुनियाँमा अहिले गुगलको एकछत्र राज छ भने याहुले अाफ्नो अस्तित्व नै जोगाउन सकेन ।

पछिल्ला बर्षहरूमा याहुले निरन्तर घाटा बेहोरिरहेको थियो । सन् २०१४ मात्र याहुले ४.४ अर्ब डलर घाटा बेहोरेको थियो ।

डुव्नै लागेको याहु किनेको भेरिजोनले याहु किन्नुको कारण यसका एक अर्बभन्दा बढी प्रयोगकर्ता हुनुलाई मानेको छ । यी प्रयोगकर्तामार्फत आफू संसारकै उञ्चार कम्पनी हुने महत्वाकांक्षाको सजिलै पूर्ति हुने भर्जनको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment