Comments Add Comment

कोरियन भाषा परीक्षाको नतिजा सार्बजनिक (नतिजासहित)

korean eps line (22)

११ साउन, काठमाडौं । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाको नतिजा सार्बजनिक भएको छ । परीक्षामा तीन हजार पाँच सय १७ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

गत असार चार र पाँच गने कोरियन भाषा परीक्षा लिइएको थियो । यस वर्ष ५७ हजार एक सय २९ जना परीक्षामा सहभागी भएका थिए ।

नेपाललाई कोरियाले तीन हजार एक सय कोटा छुट्याएको थियो । तर परीक्षामा ४१७ जना बढी पास भएका छन् ।

इपीएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले २ हजार एक सय ४० कृषि  क्षेत्रमा र १ हजार तीन सय ७७ जना उत्पादनमुलक क्षेत्रमा पास भएको अनलाइनखबरलाई जानकारी दिए ।

भाषा परीक्षा उत्तीर्ण गरेका सबैजना कोरिया जाने ग्यारेन्टी भने नहुने उनले बताए ।

हेर्नुहोस् कोरिया भाषा परीक्षाको नतिजा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment