Comments Add Comment

सलमानले किन हटाए राजकुमार सन्तोषीलाई

salman-khanमुम्बई । अभिनेता सलमान खानले निर्देशक राजकुमार सन्तोषीलाई नयाँ प्रोजेक्टवाट हटाएका छन् । कोरियन फिल्म ‘ओड टु माई फादर’ को हिन्दी रिमेक बनाउने तयारीमा रहेका सलमानले भारतीय दर्शकको चाहना अनुरुपको स्क्रिप्ट बनाउन भन्दै सन्तोषीलाई स्क्रिप्ट लेखनको जिम्मा दिएका थिए ।

तर, सन्तोषीले स्क्रिप्ट लेख्न धेरै समय लगाएको भन्दै उनलाई फिल्मवाटै हटाइदिएका छन् । निर्देशक सन्तोषी ढिलो तर, मिहिन ढंगले काम गर्ने निर्देशकको रुपमा चिनिन्छन् । उनले प्राय फिल्ममा समय लगाएरै काम गर्ने गरेका छन् ।

सन्तोषीको असफलता

केहि वर्ष भयो निर्देशक सन्तोषीले काम गरेर पनि जस पाउन सकेका छैनन् । सन २००९ मा रणबीर कपुरसँग ‘अजब प्रेमकी गज्जब कहानी’ गरेको चार वर्षपछि शाहिद कपुरलाई हिरो लिएर ‘फटा पोस्टर निकला हिरो’ बनाए, जुन फिल्म असफल भयो ।

यसपछि सन्तोषीले सनी देओलको साथ ‘फतेह सिंह’ को योजना बनाए । सनीले समय पनि दिए तर, बजेट धेरै भएको कारण फिल्म बन्न सकेन । सुटिङको दुईदिन अघि प्रोजेक्ट रोकियो । अजय देबगणसंग पनि सन्तोषीले फिल्म बनाउने योजना बनाएका थिए तर, सफल भएन ।

अली अब्बास अबको निर्देशक

कोरियन रिमेक सलमानलाई सबै भन्दा मन परेको विषय हो, यो विषयमा जसरि पनि फिल्म बनाउने योजनामा छन् उनी । यो फिल्म उनले अतुल निर्माण संस्थावाट निर्माण गर्दैछन् ।

भारतीय मिडियाले उल्लेख गरे अनुसार अब सलमानको फिल्मको निर्देशन अली अब्बासले गर्ने बताइएको छ । यसराज ब्यानरको तिन फिल्म निर्देशन गरेका अली अब्बास अब बाहिरि फिल्ममा जोडिने योजनामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment