Comments Add Comment

कांग्रेसले भन्यो- स्थानीय तहको संख्या अव्यवहारिक

संख्या बढाउन आयोगलाई सुझाव दिन्छौंः पौडेल

११ साउन, काठमाडौं । नेपाली कांग्रेसले संघीय संरचनामा स्थानीय तहहरुको संख्या बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।

Congress-Flagगाउँपालिका, नगरपालिकाको क्षेत्र, संख्या तथा सिमाना निर्धारण आयोगले हालै देशमा ५ सय ६५ स्थानीय सरकार बनाउने प्रस्ताव गरेको थियो ।

तर, नेपाली कांग्रेसले त्यो संख्या अव्यवहारिक भएको भन्दै त्यसलाई बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।

मंगलबार कांग्रेस संसदीय दलको कार्यालयमा बसेको पार्टीका शीर्ष नेताहरुको बैठकले स्थानीय तहको संख्या बढाउनका लागि आयोगलाई सुझाव दिने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता रामचन्द्र पौडेलले स्थानीय तहको संख्या भूगोल र जनसंख्याको आधारमा मेल नखाएको भन्दै अव्यवहारिक भएको बताए ।

‘पब्लिकलाई सेवा पुग्ने गरी व्यवहारिक तरिकाले स्थानीय तहको संख्या निर्धारण गर्नुपर्छ,’ पौडेलले भने, ‘यसबारे आयोग र अरु दलहरुसँग पनि छलफल गर्छौं ।’

आयोगले यही साउन तीन गते पत्रकार सम्मेलन गरेर स्थानीय सरकारको संख्या सार्वजनिक गरेको थियो । आयोगले जनसंख्याको वितरण, जिल्ला समन्वय समितिको संरचना, क्षेत्रफल, विद्यमान गाविसको संख्या र जिल्लाको प्रकृतिका आधारमा स्थानीय सरकारको संख्या निर्धारण तय गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment