Comments Add Comment

हेर्दाहेर्दै बग्यो तिनाउको पुल (भिडियोसहित)

११ साउन, रुपन्देही । बुटवल १३ देबिनगर र बुद्धनगर जोड्ने झोलुङ्गे पुल तिनाउ नदीको बाढीले बगाएको छ । पुल बगाएपछि देबिनगर र बुद्धनगरको सम्पर्क विच्छेद भएको छ ।

बुटवलको प्रगतिनगरमा ५ वटा घर पनि बाढीले बगाएको छ ।

तिनाउमा ठूलो बाढी आएपछि वरपरका बासिन्दा त्रसित छन् । ११ हजार जनसंख्या रहेको तिनाउ नदी किनारको सुकुम्बासी बस्तीभर पुरै सन्त्रास छाएको छ । स्थानीयहरु सो स्थान छाडेर भागेका छन् ।

बाढीको जोखिम क्षेत्रमा उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ ।

Tinau Bridge Swept in Flood

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment