Comments Add Comment

पहिरोले घर बगाउँदा अर्घाखाँचीमा एक जनाको मृत्यु

गोरुसिंगे-सन्धीखर्क सडक अवरुद्ध

११ साउन, अर्घाखाँची । अर्घाखाँचीको ठाँडामा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ ।

प्रेमबहादुर घर्तीको घर पहिरोले बगाउँदा उनकी जेठी छोरी १७ वर्षीया शारदाको मृत्यु भएको स्थानीय नारायण बेल्वासेले जानकारी दिए ।

कान्छी छोरी १६ वर्षकी बालकुमारी घर्तीको भने उद्धार गरिएको छ ।

प्रेमबहादुरका दुई वटा गोठ बगाउँदा १७ वटा बाख्रा, ४ वटा भैंसी र एक हल गोरु पनि मरेका छन् ।

यस्तै जिल्लाको ठाडा गाविस सहित विभिन्न ठाउँमा खसेको पहिरोले गोरुसिंगे-सन्धीखर्क सडक अवरुद्ध भएको छ । ग्रामिण सडकहरु पनि पहिरोले अबरुद्ध भएपछि गाडी चलेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment