Comments Add Comment

पद्मश्री पुरस्कारका लागि पाँच कृतिको मनोनयन

काठमाडौं । ०७२ सालको पद्मश्री साहित्य पुरस्कारका लागि प्रारम्भिक छनोटमा परेका पाँच वटा उत्कृष्ट पुस्तकको सूची सार्वजनिक गरिएको छ ।

खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले यसअघि एकैचोटि पुरस्कृत कृतिको नाम सार्वजनिक गर्ने गरे पनि यस पटकदेखि मनोनयन सूची बनाएको हो । मनोनयनमा परेका पाँच कृतिमा रामलाल जोशीको ऐना -कथासंग्रह), नीलम कार्की निहारिकाको चीरहरण (उपन्यास), कुमार नगरकोटीको मिस्टिका (उपन्यास), गिरीश गिरीको वीरगञ्ज (गैरआख्यान) र भूपिनको सुप्लाको हवाईजहाज (कवितासंग्रह) छन् ।

Padma shree

यिनै पाँच कृतिमध्येबाट मूल्याङक्नकर्ताहरूले उत्कृष्ट ठहराएको एक कृतिलाई पद्मश्री साहित्य पुरस्कार दिइने प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले बताए ।

प्रतिष्ठानले पुरस्कारका लागि आवेदन दिएर पुस्तक दर्ता गर्नु नपर्ने प्रावधान गत वर्षदेखि लागू गरेको थियो । सो निर्णयअनुसार ०७२ मा प्रकाशित र प्राप्त भएसम्मका पुस्तकहरू संकलन गरेर उत्कृष्ट सूची बनाएको प्रतिष्ठानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment