Comments Add Comment

अमेरिकामा खिचिएको ‘सफर’को ट्रेलर, ३ यूवाको यात्रा पर्दामा

safar nepali movie
नेपाली चलचित्रको निर्माण र प्रदर्शन अब नेपालमा मात्र सिमित छैन । नेपाली चलचित्रको बजार विस्तार हुनु आफैमा सुखद कुरा पनि हो । विश्वका हरेक कुनामा नेपाली चलचित्रको छायांकन भैरहेका छन् ।

यूरोपमा पूर्ण रुपमा खिचिएका केही चलचित्र रिलिज भैसकेका छन् । अब, अमेरिकामा खिचिएको एक नेपाली चलचित्रको ट्रेलर पनि रिलिज भएको छ । ‘सफर’ नाम दिइएको यो चलचित्रले ३ यूवाको यात्राको कथा भन्छ ।

अमेरिकाको बसाई ७ दिनमात्र बाँकी रहँदा ३ यूवाले सुन्दर शहरमा गरेको यात्रा नै चलचित्रको मुख्य कथा हो । युवा फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रमा मनन सापकोटो, संजय गुप्ता, शिविर पोख्रेल, नुरजा श्रेष्ठलाई देखाइएको छ ।

आशिष श्रेष्ठले चलचित्रमा सम्पादन र निर्देशनको जिम्मा सम्हालेका छन् । यो चलचित्र नेपालमा असोज १४ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment