Comments Add Comment

बुधबार फेरि १० अर्बको रिभर्स रिपो जारी हुँदै

Nrb-810

११ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार फेरि १० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गर्ने भएको छ । राष्ट्र बैंकले ७ दिनका लागि रिपो जारी गर्न लागेको हो । जसअनुसार साउन १९ गते बैंकहरुले रिपोमा राखेको रकम फिर्ता पाउनेछन् ।

रिपोमा बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगानी गर्न पाउनेछन् । यो किन्नका लागि मास्टर्स रिपर्चेज एगि्रमेन्ट अनिवार्य हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

रिपोमा सहभागी हुन बैंकहरुले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा परेको बोलकबोलबाट भारित औषतमा व्याजदर निर्धारण गरिने राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागका कार्यकारी निर्देशक डा. मिनबहादुर श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

राष्ट्र बैंकले यसअघि साउन ५ गते ७ दिनको बुधबार १० अर्बको रिपो जारी गरेको थियो । तर, त्यसमा साढे ७ अर्ब रुपैयाँको मात्रै माग आवेदन परेको थियो । उक्त रिपोको भारित औषत व्याजदर ०.५५ प्रतिशत कायम भएको थियो ।

राष्ट्र बैंकका अनुसार हाल बैंकिङ प्रणालीमा ४५ अर्ब रुपैयाँको हाराहारीमा अधिक तरलता छ ।

बैंकिङ प्रणालीमा रहेको लगानी योग्य पुँजीको पर्याप्तता (अधिक तरलता) व्यवस्थापन गर्ने उद्देश्यले राष्ट्र बैंकले रिपो जारी गर्न लागेको कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

असारमा सरकारी खर्च र त्यसको भुक्तानी बढेकाले बैंकहरुमा निक्षेप बढिरहेको छ । तर, निक्षेपको तुलनामा कर्जा बढ्न नसक्दा बैंकहरुमा अधिक तरलता बढेको हो ।

गत आर्थिक वर्षभरीमा राष्ट्र बैंकले पटक-पटक गरी साढे ५ खर्ब रुपैयाँ तरलता प्रशोचन गरेको थियो । बुधबार जारी गर्न लागेको रिपो चालु आर्थिक वर्ष २०७३/७४ को दोस्रो हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment