Comments Add Comment

हलिउडमा पनि देखियो दीपिका र प्रियंकाको दुश्मनी

deepiaka and priyanka
बलिउडका २ चर्चित नायिका प्रियंका चोपडा र दीपिका पादुकोणको दुश्मनी छर्लङ्ग हुँदैछ । बलिउडबाट हलिउडको पाइला चालेपछि यी दुई नायिकाको दुश्मनी उत्कर्षमा पुगेको हो । प्रियंकाको जन्मदिनमा दीपिकाले शुभकामनाका लागि एक शब्द पनि नखर्चिएपछि यीनिहरुको दुश्मनी सतहमा आएको थियो ।

दुबै नायिकाले हलिउडमा १-१ वटा चलचित्र खेलिसकेका छन् । तर रोचक कुरा के छ भने, प्रियंका फेरि हलिउड यात्रामै लाग्दै गर्दा दीपिका भारतमा छिन् । दीपिकालाई दोश्रो हलिउड चलचित्रको अफर नै आएको छैन ।

प्रियंका अहिले ‘क्वान्टिको’ नामक अंग्रेजी सिरियलको दोश्रो भागमा काम गरिरहेकी छिन् । प्रियंकाको लोकप्रियता यूरोप, अमेरिका लगायतका देशमा दीपिकाको तुलानामा बढी छ । स्पेनमा आयोजना भएको ‘आइफा अवार्ड’मा पनि दीपिकाले प्रियंकासँग नृत्य गर्न नमान्नु कारण, चोपडाको लोकप्रियतालाई नै मानिएको थियो ।

यसैले पनि अहिले दीपिकाको तुलना प्रियंकासँग गर्न थालिएको छ । दीपिका पनि प्रियंका जस्तै बलिउडकी चर्चित नायिका भएको भन्दै उनको हलिउड टिमले प्रचार गरिरहेको छ । प्रियंकासँगको नाम जोडेर दीपिकाको चर्चा हलिउड मार्केटमा गर्न थालिएको छ । उनको हलिउड टिमले उनका लागि चलचित्र पनि खोजिरहेको छ ।

बलिउडमा पनि अहिलेकी नम्बर १ नायिका को भन्ने प्रश्नमा दीपिका र प्रियंका नै अगाडि आउँछन् । हलिउड यात्रामा एकसाथ लागेपछि यी दुई सुन्दरीविच दुश्मनी झनै बढेको चर्चा भारतीय मिडियामा सुरु भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment