Comments Add Comment

नेम्वाङलाई ‘ग्याङको नेता’ भनेपछि संसदमा हंगामा

Subas-Nemwang

११ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद सुरेन्द्र चौधरीले पूर्वसभामुख सुवास नेम्वाङलाई एउटा ‘ग्याङको नेता’ भनेपछि संसदमा हंगामा भएको छ ।

राष्ट्रपतिले जारी गरेको बाधा अड्काउ फुकाउ आदेशमाथि संसदमा मंगलबार छलफल भएको छ । छलफलमा सत्तारुढ दलहरुले सिफारिसको बचाउ गरेका छन् । तर, कांग्रेससहितका दलहरुका नेताहरुले आलोचनासहित समर्थन गरेका छन् ।

छलफलमा भाग लिँदै कांग्रेस सांसद चौधरीले पूर्व सभामुख नेवाङलाई एउटा ‘ग्याङको नेता’ भने । लगत्तै एमाले सांसदहरुले विरोध गर्दै नियमापत्ति गरे ।

एमाले सांसदहरुको विरोधपछि सभामुख ओनसरी घर्तीमगरले ‘ग्याङ’ शब्दलाई रेकर्डबाट हटाउन आदेश दिइन् । साथै उनले शिष्ट र मर्यादित भाषा प्रयोग गर्न सांसदहरुलाई आग्रह गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment