Comments Add Comment

बलिउड होस् या नेपालमा, चलेनन् नायिका नाङ्गीएका चलचित्र

naked actress in bollywood and nepal
यो बर्ष नेपाली चलचित्रको बजार खासै सुखद बनिरहेको छैन । हुनत, बर्षको पहिलो ३ महिनालाई नै हेरेर यो अड्कल काटिहाल्न नमिल्ला । तर, ३ महिनाको अन्तरमा हेर्ने हो भने अधिकांश चलचित्र असफल भएका छन् ।

अझ, रोचक कुरा के छ भने नायिकाको शरीर देखाएर निर्माण भएका नेपाली चलचित्र पूर्ण रुपमा असफल भए । बलिउडमा पनि एडल्ट कमेडी चलचित्रको बजार यो बर्ष ध्वस्त देखिएको छ ।

अर्चना पनेरुलाई चलचित्रमा लिएर गोजीमा पैसा भरौला भनेर सोचेका निर्माता रित्तो हातमा परेका छन् । चलचित्रमा एकाएक अर्चनालाई राखेर केही दृश्य सुटिङ गरिएको चलचित्र ‘छेस्को’ होस् या राजु गिरीको ‘जिस्म’, दुबै चलचित्र चलेनन् ।

राजुको ‘जिस्म’ले पूर्ण असफलता व्यहोरेपछि अर्चना अहिले चलचित्र क्षेत्रबाट नै हराएकी छिन् । उनको स्क्यान्डल र विवादस्पद बयानले पनि हावा खायो । हुनत, नायिका नङ्ग्याएर चलचित्र चल्छ भन्ने सोच केही निर्मातामा नआएको होइन । तर, दर्शकले यस्ता चलचित्रलाई पूर्ण रुपमा बहिष्कार गरिदिएपछि अहिले चलचित्र मेकिङ फेरिएको छ ।

बलिउडमा एडल्ट कमेडी चलचित्र चलेनन् । केही दिन अगाडि रिलिज भएको चलचित्र ‘ग्रेट ग्रान्ड मस्ती’ पूर्ण असफल हुनुको एउटा कारण यही नै हो । यो चलचित्रमा नायिका उर्वशीले आफ्नो जवानी नदेखाएकी होइनन् ।

चलचित्रका संवादमा दोहोरो अर्थ लाग्ने शब्द प्रयोग नगरिएको होइन । तर, चलचित्र चलेन । अर्की, हट नायिका सन्नी लियोनीका चलचित्र पनि हावा खाए । सन्नीका मस्तीज्यादे, वन नाइट स्ट्याण्ड’ जस्ता चलचित्र असफल भए । ‘क्या कूल हे हम, जस्तो एडल्ट कमेडीले पनि कुनै जादु छरेन । बलिउडमा नाङ्गीएरै चर्चामा रहेकी सन्नी लियोनीको अस्तित्व पनि खतरामा परेको छ ।

यो बर्ष बलिउडमा एक्सन, स्टारडम, राष्ट्रियता र गीतसंगीत हिट भएका चलचित्र चलिरहेका छन् । एडल्ट कमेडी चलचित्र असफल भएको देखिएको छ । नेपाल र बलिउडमा अब कथावस्तु र मेकिङ राम्रा भएका चलचित्र चल्न थालेका छन् । नेपालमा ‘कालो पोथी’ चल्नु, बलिउडमा ‘एयरलिफ्ट, निरजा’ जस्ता चलचित्र यसैको उदाहरण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment