Comments Add Comment

बाधा अड्काउ फुकाउ आदेश संसदबाट अनुमोदन

Parliament-Building of Nepal

११ साउन, काठमाडौं । व्यवस्थापिका संसदले राष्ट्रपतिबाट जारी भएको बाधा अड्काउ फुकाउ आदेश बहुमतले अनुमोदन गरेको छ ।

संविधानको धारा २९८ अनुसार निर्वाचित प्रधानमन्त्रीले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रष्ट व्यवस्था नभएको भन्दै सरकारले सिफारिस गरेपछि राष्ट्रपति विद्या भण्डारीले सोमबार अड्काउ फुकाउ आदेश जारी गरेकी थिइन् ।

त्यसको भोलिपल्टै मंगलबार बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका लागि संसदमा पेश भएको थियो ।

छलफलका क्रममा कांग्रेस नेताहरुले बाधा अड्काउ फुकाउ आदेश आवश्यक नभएको बताए । तर, राजनीतिक निकासका लागि अनुमोदन गर्ने भन्दै आलोचनात्मक समर्थन गर्ने बताए ।

छलफलमा उठेका प्रश्नहरुको प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री अग्नि खरेलले जवाफ दिएका थिए । उनले नयाँ सरकार बन्न सक्छ कि सक्दैन भन्ने अन्योलता अन्त्य गर्ने गरी सरकारले बाधा अड्काउ फुकाउको सिफारिस गरेको बताए ।

लगतै संसदले बहुमतले बाधा अड्काउ फुकाउ आदेश अनुमोदन गरेको छ । संसदको बैठक यही साउन १७ गते दिउँसो तीन बजे बस्ने गरी स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment