Comments Add Comment

राप्रपा र राप्रपा नेपाल समानन्तरबीच एकीकरण

Lokendra-and-Satyaman-lama

११ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपाल समानान्तर समूहबीच एकता भएको छ । काठमाडौंमा मंगलबार आयोजित औपचारिक कार्यक्रममा लोकेन्द्रबहादुर चन्द नेतृत्वको राप्रपा र सत्यमान लामा नेतृत्वको राप्रपा नेपाल समानान्तर समूहबीच एकता घोषणा गरिएको हो ।

लामाले अध्यक्ष कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै दोस्रो संविधानसभा निर्वाचनपछि समानान्तर पार्टी सञ्चालन गर्दै आएका थिए ।

कार्यक्रममा राप्रपा अध्यक्ष लोकेन्द्रबहादुर चन्दले यो एकताबाट देश र जनताको पक्षमा काम गर्न बल पुग्ने दाबी गरे ।

उनले राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता एवम् प्रजातन्त्रको संवर्द्धन, प्रवर्द्धन तथा समृद्धशाली नेपाल निर्माणका लागि राष्ट्रवादी र प्रजातान्त्रिक शक्तिबीच एकताको खाँचो औंल्याए ।

राप्रपा नेपाल समानान्तरका अध्यक्ष सत्यमान लामाले देशमा राष्ट्रियता कमजोर भएको अवस्थामा राजनीतिमा विचार र सिद्धान्तमा नजिक रहेका पार्टी एकीकरण भई जनताको सेवा गर्नुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment