Comments Add Comment

न्युयोर्कमा २०३ औं भानुजयन्ती मनाइयो

Bhanu-Jayanti

न्युयोर्क । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय कार्यसमितिले अनेसास, न्यूयोर्क च्याप्टरको सहयोगमा मिति न्यूयोर्कस्थित ज्याक्शन हाइटसमा २०३ औ भानु जयन्ती कार्यक्रम आयोजना गर्‍यो ।

अनेसास केन्द्रीय अध्यक्ष पदम विश्वकर्माको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा संयुक्त राष्ट्र सघंका लागि नेपालको स्थायी नियोगका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टटाईको उपस्थित थियो भने विशिष्ट अतिथिहरुमा अनेसास विओटी सहअध्यक्ष तथा पूर्व केन्द्रीय अध्यक्ष गीता खत्री, महावाणिज्यदूत पुष्पराज भट्टराई, बाणिज्यदूत साहित्यकार कृसु क्षेत्री, उपबाणिज्यदूत प्रविन भट्टराईको उपस्थिति थियो ।

कार्यक्रमको उद्घाटन स्थायी प्रतिनिधि तथा केन्द्रीय अध्यक्षबाट पानसमा बत्ती बाल्दै आदिकवि भानुभक्तको तस्वीरमा माल्र्यापणबाट गरिएको थियो । नेपाली तथा अमेरिकी राष्ट्रिय गीत गाएर कार्यक्रमलाई अगाडि बढाइएको थियो भने आगन्तुक पाहुनहरुलाई न्यूयोर्क च्याप्टरका अध्यक्ष राजेन्द्र श्रेष्ठले स्वागत गरेका थिए ।

आदिकवि भानुभक्त आचार्यको संक्षिप्त परिचय राजन थपलियाले दिए । विशिष्ट पाहुनाहरु लगायत प्रमुख अतिथिले प्रवासमा रहेर नेपाली भाषासाहित्यलाई उर्वरा गराउनमा अनेसासको ठुलो योगदान रहेको भन्दै शुभकामाना व्यक्त गरेका थिए ।

कार्यक्रममा लोक दोहरीका प्रसिद्ध गायक बिमल डागीको सत्तरी वर्षीया आमा रुपधनी डाँगी लाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।

कार्यक्रमको पहिलो चरणमा प्रतियोगितात्मक बालकविता बाचन गरिएको थियो । प्रतियोगितामा मिलि श्रेष्ठ प्रथम, कविन शाह द्धितिय र रायन श्रेष्ठ तृतिय भएका थिए ।

त्यसपछि बयस्क कविता बाचनको कार्यक्रम सम्पन्न भएको थियो । पचास भन्दा बढी कविहरुले विभिन्न विषयमा आआप\mनो कविता, गजल तथा हाइकु बाचन गरेका थिए ।

करिब तीन घण्टासम्म चलेको कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापति पदम विश्वकर्माले अनेसासले विगत एक बर्षमा सम्पन्न गरेको कार्यहरुको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment