Comments Add Comment

राप्रपा नेपालले राष्ट्रियताको मुद्धा उठाउने

RPP-nepal

११ साउन, काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले अब राष्ट्रियताको मुद्धा उठाउने भएको छ । मंगलबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष थापाले राष्ट्रियताको मुद्धा पेचिलो बन्दै गएको बताएका छन् ।

केपी ओली नेतृत्वको सरकारमा उपप्रधान एवं परराष्ट्रमन्त्री रहेका थापाले राजनीतिक प्रतिवेदन वर्तमान सरकारको समिक्षा पनि गरेका छन् ।

सरकार अफ्ठ्यारो परिस्थितिमा बसेको र अहिले छाड्ने बेलामा एक प्रकारको हस्तक्षेप नै भएको भन्दै उनले अब राष्ट्रियताको मुद्दालाई प्रमुखताका साथ उठाउनु पर्नेमा जोड दिएका छन् ।

उनले जनउत्तरदारी सरकारसँगै सशक्त प्रतिपक्ष चाहिने बताएका छन् । तर, नयाँ सरकारमा जान नजाने केही उल्लेख छैन ।

पार्टीका सहायक महामन्त्री राजाराम श्रेष्ठले नयाँ सरकारमा जाने/नजाने विषयमा अहिले नै यसै भन्न नसकिने भन्दै यसबारेमा बैठकले निर्णय लिने बताए

बैठकमा राप्रपासँगको वार्ता एकताको मुद्धाले पनि प्रवेश पाएको छ । दुबै पार्टीको वार्ता टोलीले बुझाएको प्रतिवेदन थापाले बैठकमा पेश गरेका हुन् ।

विश्वबन्धु थापासहितका नेताहरुले सिद्धान्त नमिलेसम्म पार्टी एकता गर्न हतार गर्न नहुने बताएका छन् । विश्वबन्धु थापाले हिन्दु धर्म र राजसंस्थाको वकालत गरेका कारण पार्टीले २४ सीट हासिल गरेको तथ्यलाई विर्सिएर सिद्धान्तलाई बेवास्ता गरी पार्टी एकीकरण गरे सिद्धान्तनिष्ट नेता तथा कार्यकर्तामा विचलन आउने र पार्टीको अस्तित्व नै संकटमा पर्नेतर्फ सचेत हुन केन्द्रीय सदस्यहरुसँग आग्रह गरे ।

एकताको नाममा नेताहरुको भीड जम्मा गर्दा भविष्यमा पद र कुर्सीको हानथाप बढी साहु महाजनको प्रभाव बढेर पार्टीको पहिचान नै मेटिन सक्नेतर्फ सचेत हुनु पर्नेमा आफ्नो जोड रहेको थापाले बताएका छन् ।

केन्द्रीय समितिको बैठक बुधबार सक्ने कार्यतालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment