Comments Add Comment

वानप्लस थ्री स्मार्टफोन नेपाली बजारमा, यस्ता छन् विशेषताहरू

one plus (3)
११ साउन, काठमाडौं । चिनियाँ प्रख्यात स्मार्टफोन वानप्लसको तेस्रो मोडल नेपाली बजारमा भित्रिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमबीच ‘वानप्लस थ्री’ सार्वजनिक गरिएको हो ।

नेपालमा आई हव प्रालीले वानप्लस स्मार्टफोन बिक्री गर्दै आएको छ । यसअघि नेपाली बजारमा ‘वानप्लस एक्स’ र ‘वानप्लस टु’ आइसकेका छन् । वानप्लस चिनियाँ प्रिमियम स्मार्टफोन ब्रान्ड हो ।

वानप्लस थ्री आकर्षक डिजाइन र उत्कृष्ट विशेषताले सुसज्जित छ । विश्व स्मार्टफोन बजारमा ६ जीबी ¥याम भएको यो पहिलो स्मार्टफोन भएको आई हवका निर्देशक चेतन ओलीले बताए । यसको मूल्य नेपालमा ४९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

one plus (2)

यसमा ३ हजार एमएएचको ब्याट्रि प्रयोग गरिएको छ । जुन आधा घण्टामात्र चार्ज गरेर दिनभरी चलाउन सकिन्छ । आधा घण्टामा यसको ब्याट्रि ६० प्रतिशतभन्दा बढी फुल हुने दाबी गरिएको छ । यसमा ड्यास चार्ज टेक्नोलोजी प्रयोग गरिएको कम्पनीको भनाई छ ।

‘वानप्लस थ्री प्रिमियम स्मार्टफोन हो, यसले ग्राहकलाई उत्कृष्ट प्रविधिको अनुभव दिलाउने छ, मध्यमवर्गीय ग्राहकबीच यो स्मार्टफोन लोकप्रिय हुने विश्वास लिएका छौं’ आई हवका निर्देशकद्धय लोकेश ओली र शिरिष मुरारकाले भने ।

one plus (1)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment