Comments Add Comment

इरोम शर्मिलाले १६ वर्ष लामो आमरण अनसन तोड्ने, चुनाव पनि लड्ने

sharmila

११ साउन, काठमाडौं । भारतको मणिपुरमा १६ वर्षदेखि आमरण अनसन बसिरहेकी मानवअधिकारकर्मी इरोम शर्मिलाले आफ्नो उपवास तोड्ने भएकी छन् । साथै उनले चुनाव लड्ने भएकी छन् ।

पीटीआईका अनुसार आइरन लेडी अफ मणिपुर भनेर चिनिने उनले अगष्ट ९ मा आमरण अनसन तोड्नेछिन् । साथै मणिपुर विधानसभामा चुनाव लड्ने निर्णयमा पुगेकी छन् ।

सशस्त्र बल विशेष अधिकार अधिनियम (अफ्सपा) विरुद्ध उनी सन् २००० नोभेम्बरदेखि भोक हड्ताल बसिरहेकी थिइन् ।

उनले अदालतलाई भनेकी छन् कि कुनै पनि राजनीतिक दलले आफ्नो माग उनठाएकाले अब आमरण अनसन स्थगित गरेर २०१७ को विधानसभा चुनावको तयारी गर्ने निर्णयमा पुगेकी छन् । ‘अदालतमा अगष्ट ९ मा हुने पेशीका क्रममा आमरण अनसन अन्त्य गर्नेछ,’ उनले अदालतलाई भनेकी छन् ।

४४ वर्षकी शर्मिला अर्को वर्ष चुनाव मात्र लड्न चाहँदिनन्, अब विवाह गर्ने योजना पनि बनाएकी छन् ।

मणिपुरमा १९५८ देखि आफ्सपा लागू भएको छ, जसले सशस्त्र बललाई विशेष अधिकार दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment