Comments Add Comment

पोकेमन खेल्दा खेल्दै दुई भाइ पुगे अमेरिका

pokeman

चर्चित मोबाइल गेम पोकेमन गो को लोकप्रियता अहिले विश्वभनै चुलिएको छ । यो मोबाइल गेमको लोकप्रियतामा मानिसहरु यति झुम्मिरहेका छन् की कतिपय देशहरुमा त यो गेम बन्द गर्न समेत माग उठेको छ । मानिसहरु यो खेलप्रति यति धेरै पागल हुन थालेका छन् की दई दाजुभाइ यो गेम खेल्दै अमेरिका पुगेका पत्तै पाएनन् ।

केही दिन पहिले एक जना महिला पोकेमन गो खेल्नका लागि रुखमा चढेको भन्ने खबर आएको थियो । अहिले चाहीँ दुई दाजुभाई यो गेम  खेल्दै क्यानडाबाट थाहै नपाई अमेरिका पुगेको समाचार छ ।

आन्तरिक सुरक्षा, सीमा शुल्क तथा सीमा सुरक्षा एजेन्सीहरुको हवाला दिँदै प्रकाशित समाचार अनुसार ती दुई क्यानेडाली दाजुभाइ पोकेमन खेल्दै खेल्दै पत्तै नपाई देशको सिमा नाघेर अमेरिका पुगेका थिए । अमेरिकी सीमा सुरक्षा बलका जवानहरुले गस्तीका दौरान यी दुईजनालाई गिरफ्तार गरेका हुन् । त्यस बखत दुबै जना आफ्नो मोबाइलमा पोकेमनमै मस्त थिए । उनीहरु दक्षिण क्यानडाको अल्बर्टा प्रान्तबाट अमेरिकाको मोन्टानामा प्रवेश गरेका थिए र उनीहरुलाई क्यानडाबाट अमेरिका छिरेको पत्तै थिएन ।

सुरक्षा कर्मीहरुले उनीहरुलाई नियन्त्रणमा लिएर पछि सामान्य सोधपुछ गरी उनीहरुको आमालाई जिम्मा लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment