Comments Add Comment

सरकारको नेतृत्व गर्न कांग्रेसमा तीनजनाको दौड

१२ साउन, काठमाडौं । माओवादी नेतृत्वमा कांग्रेस मुख्य साझेदार भएर सरकारमा सहभागी हुने भएसँगै सरकारको नेतृत्व कसले गर्ने भन्नेमा कांग्रेसमा दौडधुप सुरु भएको छ ।

congress-party-officeगृह र उपप्रधानमन्त्रीससहित कांग्रेसबाट सरकारको नेतृत्व कसले गर्ने भन्नेमा तीव्र दौडधुप सुरु भएको छ ।

उपप्रधानमन्त्रीका लागि वरिष्ठ नेता गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिले आकांक्षा देखाएका आजको अन्नपूर्णमा समाचार छ ।

स्रोतका अनुसार देउवाले भने लामो समय पदमा नबसेका र तत्कालीकन कांग्रेस प्रजातान्त्रिकमा कार्यवाहक सभापतिका रुपमा महत्वपूर्ण भूमिका खेलेका श्रेष्ठलाई नेतृत्वमा पठाउन चाहेका छन् । श्रेष्ठ तत्कालीन सात दल र माओवादीबीच भएका १२ बुँदे समझदारीका हस्ताक्षरकर्ता हुन् ।

निधिलाई भने देउवाले उपसभापति बनाउने मनस्थिति बनाएकाले पनि दुवै पद एउटा व्यक्तिलाई दिनु उपयुक्त नहुने हुँदा पार्टीभित्रै सक्रिय गराउने तयारीमा छन् ।

कांग्रेस विधानमा उपसभापति केन्द्रीय प्रशिक्षण विभागको संयोजक हुने भएकाले पनि प्रभावकारी मानिन्छ ।

त्यसका साथै निधि नौ महिनाअघिको तत्कालीन प्रधानमन्त्री सुशील कोइरालका पालामा मन्त्री भएकाले पनि तुरुन्तै दोहोर्‍याउन नहुने पार्टीभित्रै दबाब छ ।
सिटौलाई उनको पक्षबाट एकजनालाई मन्त्री बनाएर चित्त बुझाउने देउवा रहेको स्रोतको दाबी छ ।
केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आफूभन्दा कनिष्टले सरकारको नेतृत्व गर्न नहुने भन्दै आफ्नो नेतृत्वमा जानुपर्ने अडान राख्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment