Comments Add Comment

राप्तीको बाढीले एक हजार परिवार जोखिममा, चार सयको उद्धार

rapti_badi_uddar_army (1)

१२ साउन, नेपालगन्ज । अविरल वर्षापछि राप्ती नदीमा आएको बाढी खतराको चिन्ह भन्दा २ मिटर माथी पुगेको छ । समयमै उद्धार संयन्त्र परिचालन भएकाले बाँकेमा बाढीका कारण कुनै मानवीय क्षति हुन पाएन ।

मंगलबार बिहान ६ बजेदेखि राप्ती नदीमा पानीको सतह बढ्न सुरु गरेको थियो । राती १० बजे बाढीको सतह बढेर ८ दशमलब १५ मिटर पुगेको छ । यो अहिलेसम्मकै मापन गरिएको सबैभन्दा बढी हो । यसअघि २०७१ सालमा ७ दशमलव ७७ सम्म पुगेको थियो ।

बाढी खतराको संकेतभन्दा माथि पुगेपछि जोखिमपूर्ण अबस्थामा रहेका बाँकेको होलिया गाविसको चौफेरीका ४ सय १ जनालाई नेपाली सेनाले हेलिकोप्टर मार्फत उद्धार गरी सुरक्षित स्थानमा सारेको छ ।

rapti_badi_uddar_army (4)

सेनाले हेलिकप्टरमार्फत उद्धार गरेकाहरु अधिकांश बालबालिका, जेष्ठ नागरिक, महिला छन् ।  यसमा बालबालिका १ सय ९२, महिला १ सय २६ र पुरुष ८३ रहेका छन् । उद्धारको लागि नेपाली सेनाको ४ नम्बर बाहिनीका बाहिनीपति सहायकरथी नवजीव शम्शेर जवरा, रुद्रध्वज गणका गणपती प्रमुख सेनानी अशोक चन्दको नेतृत्वमा २० ईञ्जिनियर्सको टोली र ४० जना मोटरबोट तथा अन्य उद्दार कार्यमा खटिएका थिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले राप्तीमा पानीको सतह निरन्तर बढेको सूचना प्राप्त हुनासाथ उद्धार गर्न सुरु गरिएकाले बाढी अहिलेसम्मकै उच्च विन्दूमा पुग्दा पनि कुनै मानवीय क्षति हुन नपाएको जानकारी दिए ।

rapti_badi_uddar_army (3)

उनले राप्तीको खोचमा ठूलो संख्यामा मानिसहरु फसेको जानकारी आउनेवित्तिकै तत्काल सेनासँग समन्वय गरी उद्धारको लागि हेलिकप्टर पठाइएको जानकारी दिए ।

बाँके गंगापुर-३ कि शान्ति लोहार स्थानीय स्वास्थ्य केन्द्रमा सुत्केरी हुन नसकेर जटिल अवस्थामा पुग्दा सोही हेलीकप्टरबाट उद्धार गरी नेपालगन्ज नर्सिङहोममा उपचारका लागि भर्ना गरिएको प्रजिअ पन्थले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment