Comments Add Comment

सुष्माले पनि भनिन्-‘मेरो बारेमा अध्ययन गर्नुहोस्’

susma-karki-hot-3
कुनै बेला नेपाली चलचित्रको आइटमदेखि अभिनयमा समेत व्यस्त रहने नायिका सुष्मा कार्कीको हातमा यतिबेला खासै चलचित्र छैन । सुष्मा अहिले चलचित्र भन्दा पनि स्टेज कार्यक्रमका लागि विभिन्न देशमा बढी हुन्छिन् । उनै सुष्माले अभिनय गरेको चलचित्र ‘संजोग’ शुक्रबारबाट रिलिज हुँदैछ ।

सुष्मालाई काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले ‘चलेछ बतास सुस्तरी’को असफलताको बिषयमा प्रश्न गरेका थिए । यो चलचित्रपछि तपाइको हातमा खासै चलचित्र छैन होइन भन्ने प्रश्नमा सुष्मा आक्रोशित भइन् । उनले भनिन्-‘चलेछ बतास सुस्तरी हिट चलचित्र हो । तपाइहरुलाई मेरो बारेमा किन चासो लिनु पर्‍यो ?’

सुष्माले आफूले जे काम गरेपनि पत्रकारलाई के को मत्तलव भन्दै प्रश्न गरिन् ? उनले प्रश्नकर्तालाई आफ्नो बारेमा अध्ययन गरेर मात्र प्रश्न सोध्न भनिन् । कार्यक्रममा नायिका कार्की र नृत्य निर्देशक गोविन्द राइले चलचित्र बनाउन निर्माताले आफ्नो होटल नै बेचेको बताएका थिए ।

केही हप्ता अगाडि नायिका श्रृष्टी श्रेष्ठले पनि पत्रकारलाई आफ्नो बारेमा अध्ययन गर्न भनेकी थिइन् । आफूलाई मनपर्ने कुरा गरेको खण्डमा बढाइचढाई जवाफ दिने र मननपर्ने प्रश्नमा पत्रकारलाई नै पाठ सिकाउन खोज्ने नेपाली कलाकारको पुरानै शैली हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment