Comments Add Comment

सिडियोलाई स्वास्नी लैजाउ भन्ने को हुन् यी गायक ?

nabinकाठमाडौं । विभिन्न स्टेजमा प्रस्तुति दिएका लोक गायक नविन पौडेल उदयपुरमा भएको एउटा स्टेज शो कहिल्यै बिर्सन सक्दैनन् । नविन भन्छन् ‘गीत गाउँदै थिएँ । सिडिओ रिसाएर हिंडे । कार्यक्रमै बन्द गर्ने आदेश दिए । मलाई तनाब भो’ ।

उदयपुरको गाइघाटमा भब्य कार्यक्रम थियो । हजारौं दर्शक टिकट काटेरै कार्यक्रम हेर्न आएका थिए । नविन पौडेल र विल्सन विक्रम राई ‘तक्मे बुढा’ कार्यक्रमका मुख्य आकर्षण थिए । अरु स्थानिय कलाकारको पनि प्रस्तुति थियो । तर, हाई हाई थिए वील्सन र नविन ।

दर्शकले वाह वाह गरेपछि मख्ख पर्नु स्वभाविक थियो । जुन गीत गायो त्यही गीतमा हुटिङ बढ्दै गएको थियो । नविनको उत्साहित भए र उदयपुरबासीलाई मख्ख पार्ने उद्देश्यले गीत गाए ।

उदयपुरमा राम्री भेटेँ उनकै नाम जप्छु

मेरी स्वास्नी लानुस् सिडियो साप पाँच रुपैयाँ थप्छु…

उनको गीत सुन्ने बित्तिकै कार्यक्रमका प्रमुख अतिथी बनेका प्रमुख जिल्ला अधिकारी उठेर हिँडे । एकछिनपछि प्रहरी आयो र भन्यो ‘सिडियो सापले कार्यक्रम बन्द गर्ने आदेश दिनु भएको छ’ नविनलाई तनाब भयो दर्शकलाई साधे । म कार्यक्रम बन्द गरौं त ।’

दर्शकले हुन्न भनेपछि उनी गाइरहे । तर, प्रमुख जिल्ला अधिकारी त्यसपछि कार्यक्रममा आउँदै आएनन् । नविन भन्छन् ‘मैले स्टेजवाट देखिरहेको थिएँ सिडियोसाब पर गएर बस्नु भयो । उहाँ रिसले चुर हुनु भएको थियो’ ।

सिडियो रिसाउनुको कारण नविनले गाएको गीत थियो । ‘मेरो स्वास्नी लैजाउ पाँच रुपैयाँ दिन्छु भन्ने शब्द सुनेर गायकसँग बिच्किएका थिए प्रमुख जिल्ला अधिकारी ।

नविन आफ्नै लागि पनि नौलो घटना भयो यो । उनले देशका ठुला नेता, सरकारी कर्मचारी भएका ठाउँमा यहि गीत धेरै पटक गाएका थिए ।

उनकै भाषामा भन्ने हो भने माहौल तताउनका लागि थियो यो गीत । जहाँ कार्यक्रम भएको छ । त्यो ठाउँ र प्रमुख अतिथी जो हुन्थ्यो उसलाई सम्बोधन गरेर गाउथेँ ।

उनले राजनितीक दलका नेतादेखि ब्यापारी र समाजसेवीलाई समेत भनेका छन् ‘मेरो स्वास्नी लानुस् पाँच रुपैया थप्छु’  उनीहरुले हाँसेरै टारेका थिए । तर, सिडियो रिसाए ।

बाका पछि लागेर खैंजडी बजाउथे

नविनका बुबा जिल्ला हुलाक कार्यलयमा जागीर थिए । बेलुका अफिस सकाएपछि बुबाको कामै भजन गाउँने हुन्थ्यो । ‘बुबा जहाँ भजन गाउन जानु हुन्थ्यो म पनि त्यहि पुग्थेँ’ नविनले भने । बाले रोइला भजन गाउदा खैँजडी बजाउने काम पाएका थिए उनले ।

बुबा आफैं भजन गाउँदै हिँडेपनि छोराहरु आफु संगै हिंडेकोमा खुसी थिएनन् । गीतकै पछि पछि लाग्यो भने नपढ्ने पो हो कि ? बाले अलि बढि नै चिन्ता गर्थे । तर, नविनको सोच ठिक उल्टो थियो । ‘पढाई बिग्रे बिग्रोस् गीत गाउनुपर्छ’

घरमा बसेर रेडियो सुन्थे । आफ्नै दाजु गुरु प्रसाद पौडेल, बम बहादुर कार्की, नारायण रायमाझी, दुर्गा रायमाझी लगायतको गीत बज्थ्यो रेडियोमा । चौतारि र प्रतिभाको साँझ जस्ता कार्यक्रममा गाउँ ठाउँका गायक गायिका मज्जाले गाउथे ।

यो सुनेपछि नविनको मनमा एकखालको हुट्हुटी पलाउथ्यो । ‘अहिल्यै गएर गाउन पाए कति मज्जा हुन्थ्यो होला’ यहि सोच्थे । तर, गाउँमै बसेर गाउन सम्भव थिएन । आफैं निर्णय गरे भागेर काठमाडौ जाने ।

पाल्पावाट काठमाण्डौ आएको भाडा पचास रुपैंया थियो । उनी ७५ जम्मा पारे काठमाडौ हिंडे, जतिवेला उनी कक्षा ७ मा पढ्थे ।

उनका दाजु गुरु प्रसादले दुईचार दिन काठमाडौ घुमाए र फेरि घर पठाए । ‘पहिला पढाई पुरा गर अनि गाउलास्’ दाईले भन्थे तर, उनको मन मान्दैन थ्यो ।

दोहोरी फर्काउन नसक्दा जागीर चट

एसएलसी पास गरेपछि सिधै हानिए काठमाडौं । गाउँने चाहना भएर मात्रै हुन्थेन । ठाउँ पनि चाहिन्थ्यो । उनी पुगे रामप्रसाद खनालको शरणमा ।

काठमाडौका दोहोरी रेष्टुरेन्टमा राम्रै प्रभाव थियो खनालको । जागीरको कुरा गर्ने बित्तिकै एक कल फोनमै इशारा दोहोरी साँझमा जागीर पक्का भयो ।

जतिवेला उनी दोहोरी रेष्टुरेन्टमा गायक बनेर छिरेका थिए, गाउन पोख्त भईसकेका थिएनन् । दोहोरी फर्काउन नसकेको भन्दै एक महिना नबित्दै उनलाई दोहोरीले निकालिदियो । फेरि पुगे रामप्रसादकै शरणमा । उनको फोन गएपछि फेरि जागीर थमौति भयो ।

केहि महिना बितेपछि नविन गीतमा सिपालु हुँदै गए । दोहोरीको जवाफ फर्काउन कसैलाई सोधिरहनु परेन । २० वर्षजति रेष्टुरेन्टमा गाएका नविनले ४० भन्दा बढी दोहोरी रेष्टुरेन्टको स्टेज चहारेका छन् ।

पहिलो पटक लाहुर जाने संस्कार समेटेर एल्बम निकालेका थिए उनले । निकै राम्रो चल्यो । त्यसपछि एलबमलाई पनि निरन्तरता दिन थाले । स्टेज गायन छँदै थियो ।

आरआर कलेजको त्यो स्टेज

अहिले कतिपय गायक गायिकाले नविन पौडेल लोक गायनमा ‘स्टेजको हिरो’ हो भन्छन् । आफ्नो स्टेज यात्रा आरआर क्याम्पसवाट सुरु भएको बताउने नविन स्टेजको कुरा गर्ने वित्तिकै आरआरको त्यहि स्टेज याद आउने बताउछन् ।

बद्री पंगेनी, सिताराम कट्टेल, ‘धुर्मुस’ सकुन्तला थापा लगायत उनका सहपाठी थिए । सबै आरआरमै पढ्थे ।

नेबीसंघको आयोजनामा गरेको कार्यक्रममा गाउने निम्तो पाएका नविन पहिलो स्टेज त्यहि नै भएको बताउछन् । जहाँ उनले इलामकी कोपिला गौतमसंग दोहोरी गाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment