Comments Add Comment

के तपाइँलाई आफ्नो पतिमा शंका छ ?

relationship

पति पत्नीमा चाहे जतिसुकै प्रेम नै किन नहोस् कहिलेकाहीँ त मनमा शंका उब्जिन्छ । कतै श्रीमानले अन्तै आखा लगाएका त छैनन् ?

अझ कुनैबेला श्रीमानले आफ्नो अफिसमा निकै राम्रा केटी कर्मचारी साथीहरु भएको कुरा सुनाएको होओस् त के चाहियो । अझ आजकल पतिदेव अफिसबाट घर आउन ढिला गर्न थाल्नुभएको छ ।

आफ्नो मोबाइलको अनलक गर्ने पासवर्ड पनि बताउनुहुन्न । यस्तोमा धेरै श्रीमतीहरुले अनुमान गर्ने कुरा हो, कतै पतिदेवको अन्तै चक्कर त चलिरहेको छैन ? यहीँ सोँचबाट शंकाको बिउ टुसाउन थाल्दछ । यो बिरुवा उमि्रएपछि त्यसलाई अझै शंकाको मलपानी हालेर हुर्काउनु बढाउनु भन्दा पहिले सोँच्नुपर्दछ की तपाइँले जे सोँचिरहनुभएको छ त्यो यथार्थ हो की केवल तपाइँको मनको शंकामात्र ?

त्यसैले आफ्नो श्रीमानप्रति नजर राख्नका लागि यी कुरामा ध्यान दिनुहोस्

१. पतिका  साथीहरुसँग मित्रता कायम गर्नुहोस् । जसका कारण तपाइँ आफ्नो श्रीमान घरबाहिर अफिसमा रहेको बेला पनि ऊमाथि निगरानी राख्न सक्नुहुन्छ ।

२. पतिको अफिसको नम्बर अवश्य राख्नुहोस् । जब पतिले मोबाइलमा फोन गर्दा उठाउँदैनन् उनको अफिसको नम्बरमा फोन गरेर कुराकानी गर्नुहोस् र अवस्था बुझ्नुहोस् ।

३.सासु ससुरालाई सधै विश्वासमा राख्नुहोस् र पर्याप्त कुराकानी गर्नुहोस्

४.जब पतिले मोबाइल खोल्दैछ तब नजर डुलाउनुहोस् र उसले थिच्ने पासवर्ड कण्ठस्थ गर्नुहोस् । मोबाइल छाडेर पति कतै गएको बेला उनको मोबाइल फोन चेक गर्नुहोस् । यद्यपि कसैको मोबाइल फोन चेकजाँच गर्नु गलत हो । तर तपाइँको मनमा भएको शका हटाउनका लागि यो आवश्यक छ ।

४. आफुले जासुसी गरिरहेको कुरा पत्तो नदिनुहोस् र सुक्ष्म रुपमा पतिका आनीवानी, घुमफिर, साथीसँगीहरुसँगको सम्बन्ध लगायतका विषयमा अध्ययन गर्नुहोस् ।

यद्यपि आफ्नो मनमा पलाएको शंका भगाउने सबैभन्दा राम्रो तरिका त सिधै मन खोलेर पार्टनरसँग कुराकानी गर्नु नै हो । यदि पार्टनरले कुरा लुकाउँछ र ढाँट्दछ भने चाहीँ यी गुप्त उपायहरु अपनाउन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment