Comments Add Comment

कुम्भकर्ण झैँ लगातार ६४ दिनसम्म सुत्ने यी युवती

sleepingरामायणमा कुम्भकर्ण भन्ने पात्र सुताईमा नामुद छ, जो वर्षमा ६ महिना सुत्दछ अनि ६ महिना जागै हुन्छ ।

अहिले पनि धेरै समयसम्म सुत्ने मानिसलाई सोही कुम्भकर्णको नाम दिइन्छ । जति धेरै भएपनि रातभर त होला । तर यहाँ त साँच्चीकै कुम्भकर्ण पो फेला पारिएको छ त । एउटी बेलायती युवती यस्ती कुम्भकर्ण छिन् की उनी ६४ दिनसम्म सुत्छिन् अनि ६५ औँ दिनमा मात्र ब्युँझिन्छिन् ।

२० वर्षकी निकोल नामकी यी युवतीमा क्लेन लेभेन सिन्ड्रोम भन्न् रोग भएको डाक्टरहरुले बतएका छन् । यो समस्या भएका मानिसहरुमा लामो समयसम्म सुत्ने आदत हुन्छ ।

निकोल ६ वर्षकी हुँदाबाटै एकपटक सुतेपछि २२ देखि ६४ दिनपछि मात्र उठ्न थालेकी हुन् । सुरुमा उनी दिनमा १८ घण्टासम्म सुत्थिन् । जुन विस्तारै बढ्दै गयो ।

उनलाई निद्राले पार्नु पिर पारेको छ । आफ्नो १४ औँ जन्मोत्सव मनाउन सबै साथीसँगीलाई बोलाएकी उनी आफु भने मस्त निद्रामा परेकी थिइन् र साथीहरुसँग आफ्नो बर्थडे मनाउन पाइनन् । केही समयअघि उनी निद्रामै रहेको बेला उनकी हजुरआमाको निधन भयो ।

एक रिपोर्ट अनुसार  विश्वमा यस्तो रोग भएका मानिसहरुको संख्या झण्डै १ हजार मात्र रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment