Comments Add Comment

 सिटीका ‘मोटा’ खेलाडीलाई पिज्जा खान प्रतिबन्ध

City

पहिलो पटक प्रिमियर लिग क्लवमा प्रशिक्षण गरेका स्पेनिस प्रशिक्षक पेप गोर्डिओलाका लागि म्यान्चेस्टर सिटीका खेलाडीहरुसँगको यात्रा कठीन बन्दैछ । उनले धेरै तौल भएका खेलाडीलाई पहिलो टोलीको प्रशिक्षणबाट निकालिदिएका छन् र त्यस्ता खेलाडीलाई जंक फुड पूर्ण रुपमा प्रतिबन्ध लगाएका छन् ।

बार्सिलोना र बार्यन म्यूनिखजस्ता क्लवमा सफल प्रशिक्षण गरेर इंग्ल्याण्ड पुगेका पेप अनुशासन र फिटनेसको मामलामा कठोर मानिन्छन्। करीव ३ सातापछि सुरु हुने नयाँ सिजनमा सिटीका सबै खेलाडीहरु पूर्ण फिट हुने अपेक्षा गरिएको छ ।

गोर्डिओलाले तौल कम गर्न आदेश दिएका खेलाडीमध्ये समीर नास्री पनि एक हुन् । तौल घटाएपछि मात्रै २९ बर्षीय यी खेलाडीले टोलीमा रहेर प्रशिक्षण गर्न सक्नेछन् ।

गोर्डिओला सचेततापूर्वक खेलाडीको खानपानको निगरानी गरिरहेका छन् । धेरै क्यालोरी हुने जुस, पिज्जा लगाउनमा उनले पूर्ण रुपमा प्रतिबन्ध लगाएका छन् ।

डिफेण्डर गायेल क्लीचीका अनुसार सिटीका कुनैपनि खेलाडीले प्रशिक्षकको मापदण्ड पूरा गर्न सकेनन् । र जहिलेसम्म उनीहरु उचित तौल बनाउँदैनन् तवसम्म उनीहरुले पहिलो टोलीबाट प्रशिक्षण गर्न पाउने छैनन् ।

‘तपाईंले अक्सर सुन्नुभएको होला, हाम्रा म्यानेजरले भन्छन् कि स्वस्थ्य हुनु साँच्चै सहत्वपूर्ण छ ।’ क्लीची भन्छन्, ‘तपाईंको तौल निक्कै बढि भयोभने तपाईंले उहाँसँगै टिममा रहेर प्रशिक्षण गर्न सक्नुहुन्न । यो पहिलो सर्त हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment