Comments Add Comment

आपतकालीन उद्धार र राहतका लागि ७५ करोड माग

१२ साउन, काठमाडौं । गृह मन्त्रालयले आपतकालीन उद्धार र राहतका लागि प्रधानमन्त्री राहत कोषबाट ७५ करोड रुपैयाँ माग गरेको छ ।

Ministry-of-Homeलगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण धनजनको ठूलो क्षति भएपछि गृह मन्त्रालय अन्तर्गतको दैवी प्रकोप उद्धार समितिको बैठक सिंहदरवारस्थित मन्त्रालयमा बुधबार विहान बसेको थियो ।

बैठकले आपतकालीन उद्धार र राहतका लागि ७५ करोड माग गरेको छ । साथै बाढी तथा पहिरोबाट विस्थापित भएकाहरुलाई तत्काल सामुहिक आवास भए त्यसमा र नभए त्रिपालहरुमा सार्ने निर्णय गरेको छ । यसमा बृद्धबृद्धा, बालबालिका र सुत्केरी महिलालाई प्राथमिकता दिन निर्देशन दिइएको गृहमन्त्री भीम रावलले जानकारी दिए ।

उनका अनुसार यसका लागि आवश्यक भए माथि माग गरिएको रकमबाट खर्च गर्न सक्ने व्यवस्था मिलाइनेछ ।

बैठकले बाढी प्रभावित क्षेत्रमा झाडापखाला, हैजा जस्ता महामारी फैलन सक्ने भन्दै सतर्कता अपनाउने निर्णय गरेको छ । यसका लागि स्वच्छ पानीका साथै आवश्यकताअनुसार खाद्यान्न, दाल, जुन सम्भव भए सडकमार्गबाट र आवश्यक परे हेलिकोप्टरबाट पनि पठाउन निर्देशन दिइएको छ ।

उद्धार आवश्यक भए १०० मा फोन गर्नुस्

उद्धार समितिको बैठकले सम्भावित महामारीलाई ध्यानमा राखेर ओषैधिसहित मेडिकल टिम तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । साथै सुरक्षा निकायलाई समेत सतर्क रहन आग्रह गरेको छ ।

बैठकले बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहत नपुगेको भए स्थानीय प्रहरीलाई खबर गर्न भनेको छ । यसका लागि नेपाल प्रहरीको हटलाइन १०० मा खबर गर्न गृह मन्त्रालयले अपील गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment