Comments Add Comment

काठमाडौंमा थप एक हजार सौर्य सडकबत्ती जडान गरिँदै

Solar
१२ साउन, काठमाडौं । काठमाडौँ उपत्यकालाई झिलीमिली बनाउने उद्देश्यका साथ एक हजार ८५ सौर्यबत्ती जडान गरिने भएको छ ।  आगामी डेढ वर्षभित्र काठमाडौँ उपत्यकाका प्रमुख सडकमा सौर्य ऊर्जा जडान गरी झिलीमिली गराउनका लागि सौर्य बत्ती जडान गर्न लागिएको काठमाडौँ महानगरपालिकाका सार्वजनिक निजी साझेदारीका प्रमुख शिव अधिकारीले बताए ।

प्रमुख शिव अधिकारीका अनुसार उपत्यकाका मुख्य सडकमा सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत उपत्यकामा एक हजार ८५ सौर्यबत्ती जडान गर्न पहिलो चरणका लागि अहिलेसम्म तीनवटा कम्पनीले फारम भरेका छन् ।

पहिलो चरणका लागि नाम छनोट भएकामा विके ट्रेडर्स सप्लायर्स, होल ट्रेडर्स र कृष्ण ग्रिल एन्ड इन्जिनियर नाम गरेका कम्पनीले निवेदन दिएका छन् । दोस्रो चरणको छनोटबाट भने तीनबाट एकवटा कम्पनी छनोटमा पर्नेछ । दोस्रो चरणका लागि छनोट भएको कम्पनीले नै सौर्य ऊर्जा जडानको सबै काम गर्ने जिम्मा पाउने जानकारी कामपाले दिएको छ । त्यसका लागि एक महिनाको बोलपत्र आह्वान गरिएको छ ।

काठमाडौंँका मुख्य सडकलाई उज्यालो बनाउने उद्देश्यका साथ ल्याइएको उक्त कार्यक्रमका लागि कामपाले पहिलो चरणका लागि गत जेठ २७ गते सूचना बोलपत्र आह्वान गरेको थियो ।

सौर्यबत्ती जडानका लागि महानगरले तीन छुट्टाछुट्टै खण्ड पहिचान गरेको छ । सोअनुसार कलङ्कीदेखि माइतीघर, केशरमहल चोकदेखि ठमेल तथा क्षेत्रपाटी हुँदै सोह्रखुट्टेसम्म सौर्यबत्ती राखिनेछ । त्यस्तै, सोह्रखुट्टेबाट बालाजु र नयाँ बसपार्कमा गरी पहिलो चरणमा चारसय खम्बा गाडिने कामपाको भनाइ छ ।

त्यस्तै, दोस्रोे चरणमा दरबारमार्गदेखि काठमाडाैं प्लाजा, कृष्ण पाउरोटी सडक तथा गौशालामा सौर्यबत्ती राखिनेछ । यसैगरी, ज्ञानेश्वरदेखि मैतीदेवी, बत्तीसपुतली, मैतीदेवी, डिल्लीबजार र पुतलीसडकमा तीनसय सौर्यबत्ती जडान गरिनेछन् ।

महानगरले पहिचान गरेको तेस्रो चरणमा ३८५ खम्बा राखिनेछ । सो चरणअन्तर्गत पुरानो बानेश्वर, रत्नराज्य स्कुल हुँदै शङ्खमूल पुलसम्म, तीनकुने–कोटेश्वर हुँदै नरेफाँट र पुरानो बानेश्वर, भीमसेनगोला हुँदै सिनामङ्ल चोकसम्म सौर्य बत्ती जडान गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment