Comments Add Comment

प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाई सुरु

१२ साउन, काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुको सुनुवाइ सुरु गरेको छ ।

Lawyersसमितिले बुधबार सर्वोच्च  अदालतका प्रस्तावित न्यायाधीशहरु दिपककुमार कार्की, केदारप्रसाद चालिसे र शारदाप्रसाद घिमिरेको सुनुवाइ गरेको छ ।

अहिले समितिको बैठक खाना खानका लागि भन्दै स्थगित गरिएको छ । खानापछि अपरान्ह प्रस्तावित न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको पनि सुनुवाइ गरिने समितिका सभापति कुलबहादुर गुरुङले जानकारी दिए ।

सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले गत फागुन १८ गते ११ जनाको नाम सिफारिस गरेको थियो । संसदको नियमावली निर्माणमा भएको ढिलाइका कारण प्रस्तावित न्यायाधीशहरुको सुनुवाइ न्याय परिषदले नाम सिफारिस गरेको पाँच महिनापछि मात्र भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment