Comments Add Comment

मैदान बाहिर मेरो व्यक्तिगत जीवन हो, मैदानमा के गर्छु हेनुस्ः नेयमार

Neymar

मैदान बाहिरको गतिविधिले पहिलो पटक ओलम्पिकको उपाधि जित्ने ब्राजिलको अभियानमा असर त गर्दैन ?

पछिल्लो समय नेयमारलाई यो प्रश्न आउन थालेको छ । तर, उनी भने आफु पार्टीमा रमाइरहने बताएका छन् । ‘मेरो विचारमा तपाईंहरुले पहिले के कुरामा बिचार गर्नुपर्छ भने म मैदानभित्र रहँदा के गरिरहेको हुन्छु’ मंगलबारको पत्रकार सम्मेलनमा उनले भने, ‘तर यो समय म मैदान बाहिर छु र यो मेरो व्यक्तिगत समय हो ।’

बार्सिलोनाका सुपरस्टार नेयमारलाई कोपा अमेरिकाका लागि क्लबले छोडेको थिएन । तर, उनी अमेरिका पुगेर आफ्ना टिममेटलाई हौसला मात्र दिएनन्, हलिउड सेलिब्रेटी एवं स्टार गायक जस्टिन बिबरसँग को तस्वीर पनि सार्वजनिक भयो ।

उनी ओलम्पिकको प्रतिस्पर्धामा आगामी अगष्ट ४ देखि दक्षिण अफि्रकाबिरुद्धको खेलसँगै मैदानमा फर्कनेछन् । समूह चरणमा ब्राजिलले इराक र डेनमार्कसँग पनि खेल्नेछ ।

ओलम्पिक अघि खेल भन्दा रमाइलोमा लागेको धेरैले धेरैले प्रश्न गरेपछि ब्राजिलका उत्कृष्ट फवार्ड नेयमारले ओलम्पिकसम्ममा आफ्नो असली स्वरुप देखाउने बताएका छन् ।

‘मलाई साथीहरुसँग बाहिर गएर रमाइलो गर्न मन पर्छ । मेरापनि परिवार छन्, उनीहरुसँग बाहिर गएर रमाइलो गर्न मैले किन नपाउने ? मैले रमाइलो गर्न पाउँछु र गर्छु पनि’ नेइमारले भने, ‘मलाई राम्रोसँग थाहा छ कि भोलि बिहान मेरो जिम्मेवारी के हुन्छ । म जान्छु र गइरहनेछु, त्यसमा मैले मेरो कुनै गल्ती महशुस गरिरहेको छैन ।’

उनले अघि भनेका छन् कि उनीजस्तै थुप्रै लखपति फुटबलरहरुको जीवनशैली यस्तै हुन्छ र उनीहरुको बारेमा पनि कुरा गर्नुहोस् । ‘सोेच्नुस् त तपाईं २४ बर्षको जवान हुनुहुन्छ, मेरोजस्तै कमाइ छ र मसँग भएका कुराहरु तपाईंसँग पनि छ’ ब्राजिलको प्रशिक्षण क्याम्पबाट उनले भने, ‘त्यसो भए तपाईं मजस्तै हुनुहुन्न त ?’

नेयमार आसन्न ओलम्पिकका लागि ब्राजिलको टोलीबाट रहेका तीनजना बढी उमेरका खेलाडीमध्ये एक हुन् । घरेलु मैदानको फाइदा उठाउँदै उनीहरु पहिलो पटक ओलम्पिकमा स्वर्ण जित्ने अभियानमा छन् ।

नेइमार चार बर्षअघि पनि ब्राजिलको ओलम्पिक टोलीमा थिए । त्यतिबेला ब्राजिल मेक्सिकोसँग फाइनलमा पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment