Comments Add Comment

सिंहदरवारमा चोरीः मन्त्रालयबाटै आइफोन र ल्यापटपसहित एक लाख गायब !

चोर पत्ता लगाउन चेकिङ

खानतलासीका लागि मन्त्रालय परिसरमा पुगेका प्रहरीहरू । तस्वीर: श्रीधर पौडेल/अनलाइनखबर

१२ साउन, काठमाडौं । मुलुककै प्रमुख प्रशासनिक निकाय हो सिंहदरवार । सेना, प्रहरी, गुप्तचरमात्रै होइन, सीसी टीभी क्यामराबाट समेत चौबिसै घण्टा निगरानी भइरहन्छ सिंहदरवारमा ।

कर्मचारी र सेवाग्राहीको चहलपहल भइरहने त्यही सिंहदवारभित्र सुरक्षाको प्रवन्ध कति फितलो रहेछ भन्ने कुरा बुधबारको एक घटनाले चरितार्थ भएको छ ।

singhadurbar chori (2)

स्थानीय विकास मन्त्रालयका उपसचिव चिरञ्जीवी तिमल्सिनाको कार्यकक्षभित्रैबाट आइफोन, ल्यापटप र एक लाख रुपैयाँ नगद बुधबार दिउँसै गायब भएको छ । ‘कार्यालयमा आइसकेपछि मेरो कोठामा सामान राखें । अनि अर्को मिटिङमा गएँ । पैतालिस मिनेटपछि फर्किंदा सामान थिएन,’ उनले भने ।

singhadurbar chori (1)

उनले एक लाख रुपैयाँ आफूले ऋण तिर्नलाई ल्याएर आएको बताएका छन् ।

Sinhadarbar Checking (4)

कर्मचारीहरुले नगद र ती सामान चोरी भएको बताएका छन् । तर, कसले चोर्‍यो भनेर खुलेको छैन । चोर पत्ता लगाउन प्रहरीले मन्त्रालयका सबै कर्मचारीहरुलाई खानतलासी गरेको छ ।

मन्त्रालयभित्र केही फेला नपरेपछि अहिले सिंहदरवारको दक्षिण गेटबाट बाहिरिनेहरु सबैको शरीर र झोला प्रहरीले खानतलासी गरिरहेको छ । मन्त्रीको गाडी बाहेक कार, भ्यान, मोटरसाइकल, साइकल, र पैदल यात्रुहरुलाई पनि प्रहरीले जाँच गरिरहेको छ ।

अहिले सिंहदरवारमा प्रहरीले सुरक्षा व्यवस्था थप कडा पारेको छ ।

Sinhadarbar Checking (5)

Sinhadarbar Checking (6)

Sinhadarbar Checking (8)

Sinhadarbar Checking (3)

Sinhadarbar Checking (2)

तस्वीर: श्रीधर पौडेल/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment