Comments Add Comment

यी हुन् पर्यटन रणनीतिले जोड दिएका ९ सुधार योजना

हाईक्याम्पबाट मार्दी बेसम्याम्प जाने बाटो । यहाँ स्थानिय व्यवसायीले तलबाट चिया ल्याएर पर्यटकलाई खुवाउने गर्छन् ।

१२ साउन, काठमाडौं । सरकारले पर्यटन क्षेत्रको दीगो विकासका लागि दश वर्षे राष्ट्रिय पर्यटन रणनीतिक योजना ल्याएको छ । यस योजनाले २०२५ सम्ममा मुलुकमा २५ लाख २२ हजार पर्यटक भित्राई साढे ३ खर्ब आम्दानी गर्ने लक्ष्य लिएको छ ।

पर्यटन मन्त्रालयले सम्बन्धीत विज्ञहरुसँग परामर्श गरेर २०१६–२०२५ सम्मको पर्यटन रणनीतिक योजना ल्याएको हो । यस योजनामा पर्यटन क्षेत्रको विकासका लागि मुख्यतः ९ वटा पक्षलाई विशेष जोड दिइएको छ ।

रणनीतिक योजनाले मुलुकमा लगानीको वातावरण बनाएर सार्वजनिक–निजी क्षेत्रको साझेदारिता र स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्नेमा जोड दिएको छ । मुलुकमा पर्यटन पूर्वाधार विकासका लागि अझै ठूलो लगानी आवश्यक छ ।

यसैगरी, उड्डयन क्षेत्रको सुधारमा बढी जोड दिँदै पूर्वाधारहरूको सुधार गर्ने पनि यस रणनीतिक योजनाको जोड छ । विकास गरिसकेको पूर्वाधारहरूको सेरोफेरोमा पर्यटकीय सम्पदा विकास तथा अन्य वस्तु एवं सेवा उत्पादनमा जोड दिने योजनामा उल्लेख छ ।

केही पर्यटन क्षेत्रहरू र पर्यटकीय उपजहरूलाई प्राथमिकीकरण गरिने भएको छ । अहिले मुलुकको पर्यटन क्षेत्रमा देखिएको मुख्य समस्या भनेकै पर्यटकीय प्रोडक्ट पहिचान तथा बजारीकरण नै हो ।

सरकारले निजी क्षेत्रलाई सहयोग एवं सहजीकरण गर्ने भएको छ । त्यस्तै, नीति तथा ऐन–नियम र संस्थागत संरचनाको सुधारमा पनि जोड दिइने भएको छ ।

पर्यटन क्षेत्रमा प्राविधिक जनशक्तिको विकास गर्ने र विभिन्न क्षेत्रबीचको अन्तरसम्बन्ध विस्तार तथा स्थानीय स्रोतहरूको प्रयोगमा पनि जोड दिने रणनीतिक योजनाले लक्ष्य लिएको छ ।

पर्यटकीय गन्तव्यहरूमा साना–व्यवसाय/उद्यमहरू प्रवद्र्धन गर्न लघुवित्तमा पहुँच बढाउने लक्ष्य लिइएको छ । यसले ग्रामिण पर्यटन विकासमा समेत सघाउ पु¥याउने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment