Comments Add Comment

खसीको साँप्रो चढाएर ‘छिमेक’मा टीका थाप्न जाने समय गयोः प्रधानमन्त्री ओली

'नेपालमा अनिष्ट गर्छु' भन्ने भ्रम नपाल्न चेतावनी

१२ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजीनामा दिँदा खुसीयाली मनाउनेहरुलाई ‘नेपालमा अनिष्ट गर्छु’ भन्ने भ्रम नपाल्न चेतावनी दिएका छन् ।

PM-KP-Oliआफू अर्को प्रधानमन्त्री कुरिरहेको अवस्थामा रहेको भन्दै उनले आफ्ना राजीनामापछि कहाँ कहाँ खुसीयाली मनाइयो भन्ने आफूलाई थाहा रहेको बताएका छन् ।

आफ्नो राजीनामाले नेपालभन्दा बाहिर बढी खुसियाली छायो ? देश दुनियाले थाहा पाइसकेको भन्दै उनले भने, ‘खुसीयाली मनाउन पनि नपाउने भन्ने पनि होइन । खुसीयाली मनाउन मज्जाले पान्छ । तर, यतिभन्छु, त्यस खुसियालीभित्र कहिँ कतै नेपालको अनिष्ट लुकेको छ भने त्यो भ्रम नपाले हुन्छ ।’

बुधबार राजधानीमा भएको साहित्यिक तथा सांस्कृतिक पुरस्कार वितरण कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल एकतावद्ध भएर सम्बृद्धिको बाटोमा बढ्ने बताए ।

उनले अघि अब अब सानाले ठूलालाई नजराना चढाउने जमाना गयो भनेका छन् । ‘म सानो हुँदा छिमेकमा खसीको साँप्रो लिएर दशैंमा टिका लगाउन जानुपथ्र्यो । त्यो नाता परेको होइन । अर्को पर्ने हो … मलाई थाहा छ’ उनले भने, ‘नेपालमा अब त्यो समय छैन । साप्रो चढाएर टिका थाप्न जाँदैन ।’

‘यो नेपाली शिर उचाली, संसारमा लम्कन्छ…’ बोलको गीत स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा नेताले यो गीत नगाए पनि मनमा सम्झिदिए हुन्थ्यो ।’

भिडियो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment