Comments Add Comment

सातबुँदे सहमति खारेज भए एमाले सरकारमा जान्छः योगेश भट्टराई

'कांग्रेस-माओवादीको गठबन्धन जगविनाको गजुर'

Yogesh-Bhattarai-Taplehung

१२ साउन, ताप्लेजुङ । नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकार गठनका लागि कांग्रेस र माओवादी केन्द्रबीच भएको सात बुँदे सहमति खारेज भए एमाले सरकारमा सहभागी हुने बताएका छन् ।

पारिवारीक सिलसिलामा गृह जिल्ला ताप्लेजुङ आएका भट्टराईले बुधबार प्रेश चौतारी ताप्लेजुङले आयोजना गरेको पत्रकार संमेलनमा अहिलेकै अबस्थामा सहमतीय सरकारको संभावना नरहेको र सहमतीय सरकार गठन गर्नका लागि कांग्रेस र माओवादी केन्द्रबीचको सात बुँदे सहमति खारेज गर्नुपर्ने बताए ।

बुँदा खारेज नभए एमाले प्रतिपक्षको च्याम्पियन नै भएको भन्दै प्रतिपक्षमा बसेर राष्ट्रिय स्वाधीनताको पक्षमा लड्ने उनको दावी छ ।

यसैविच सचिव भट्टराईले प्रचण्ड र शेरबहादुर देउवाको गठबन्धनलाई जगबिनाको गजुरको संज्ञासमेत दिएका छन् ।

विदेशी इसारामा उपहारमा प्राप्त भएको प्रधानमन्त्री पद प्रचण्डको केही दिनको रामछायाँमात्र हुने बताउँदै उनले परीक्षण भइसकेका प्रचण्ड र देउवाको गठबन्धन लामो समय नटिकने दावी गरे ।

‘उपहारमा पाएको प्रधानमन्त्री पदमा प्रचण्डले मख्ख नपरे हुन्छ, आˆनो बुँताले पाएको चीजको मात्र माया हुन्छ’, भट्टराईले भने । अब बन्ने सरकारले मुलुकको आर्थिक सम्बृद्धि, राष्ट्रिय स्वाधीनता, छिमेकीसँग बढाएको सन्तुलित सम्बन्धको आधारलाई टिकाइराख्न नसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment