Comments Add Comment

बाढी पहिरो प्रभावित क्षेत्रमा राहत पुर्‍याऊः यादव

upendra yadav

१२ साउन, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सिंगो पार्टीपंक्तिलाई बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरणमा सक्रिय सहभागी हुन आह्वान गरेका छन् ।

बाढी र पहिरोबाट जनजीबन आक्रान्त हुँदा पनि पूर्वतयारीको योजना नबनाइएको भन्दै उनले सरकारको आलोचना समेत गरेका छन् ।

‘बाढी पहिरो जस्ता प्राकृतिक विपदले गर्दा प्रभावित क्षेत्रका जनता भोकै बस्नु परेको छ, कतिपय सम्पर्कविहीन छन् । प्रभावित क्षेत्रमा जनजीवन अक्रान्त भइसक्दा पनि सरकारको तर्फबाट पूर्व तयारी र योजना बन्न नसक्दा आपतकालीन राहत वितरण तथा उद्दार कार्य प्रभावकारी हुन सकेको छैन । तसर्थ, बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल प्रभावकारी ढंगले राहत पुर्‍याउन तथा बाढी पहिरोमा फसेका जनताको उद्दार गर्न सरकारसँग जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा लेखिएको छ ।

उनले बाढी पहिरो प्रभावित क्षेत्रमा राहत वितरण तथा उद्धार कार्यमा सक्रियपूर्वक लाग्न सिंगो पार्टी पंक्ति, स्वयमसेवक, सरकारी तथा गैरसरकारी संघ संस्थालाई आहृवान पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment