Comments Add Comment

ओबामाका सल्लाहकार भन्छन्ः  संविधानलाई अझै उत्कृष्ट बनाउनु नेपालको प्रमुख चुनौती

Mekon-phillips

१२ साउन, काठमाडौं । अमेरिकाले नेपालको संविधानलाई ‘अझै उत्कृष्ट’ बनाउनु नेपालीहरूको प्रमुख चुनौती रहेको बताएको छ ।

हाल नेपाल भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति बाराक ओबामाका प्रमुख डिजिटल मिडिया सल्लाहकार मेकोन फिलिप्सले भने, ‘नेपाल प्रजातन्त्रको पथमा आफ्ना नागरिकहरूको अधिकारहरू सुनिश्चित गर्दै र तिनको रक्षा गर्दै हिँड्दै गर्दा, अमेरिका सम्पूर्ण नेपालीहरूलाई तपाईँहरूको संघीय संविधानलाई अझै उत्कृष्ट बनाउने चुनौतिको सामाना गर्न आग्रह गर्दछ । ‘

इन्टरनेशनल फाउण्डेसन फर इलेक्टोरल सिष्टम्सले आयोजना गरेको कार्यक्रममा फिलिप्सले अमेरिका नेपाल सरकारलाई स्वतन्त्र, निष्पक्ष र जनमतको कदर हुने चुनाव गर्न सहयोग गर्न सदा तत्पर रहेको पनि बताए ।

‘कुनै पनि प्रजातन्त्रमा जीवंत नागरिक समाज र स्वतन्त्र प्रेस अपरिहार्य हुन्छन्’ उनले भने ‘अमेरिकी सरकार निष्पक्ष र स्वतन्त्र चुनाव गराउन परिआएको खण्डमा आफ्नो श्रोत परिचालन गर्न प्रतिबद्ध छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment