Comments Add Comment

प्रहरीले भन्यो- एम्नेष्टीको प्रतिवेदन पूर्वाग्रही

'प्रहरीको काम प्रभावित तुल्याउने प्रतिवेदन सार्वजनिक हुनु दुःखद'

Nepal-Police-Headquarter
काठमाडौंको नक्शालस्थित नेपाल प्रहरीको प्रधान कार्यालय । तस्वीर: नेपाल प्रहरी

१२ साउन, काठमाडौं । नेपाल प्रहरीले टीकापुर घटनाबारे एम्नेष्टी इन्टरनेशनलको पछिल्लो प्रतिवेदन पूर्वाग्रही भएको बताएको छ । साथै उसले एम्नेष्टिले दाबी गरेजस्तो अभियुक्तहरुलाई यतना नदिइएको बताएको छ ।

प्रहरीले बुधबार विज्ञप्ति निकालेर एम्नेष्टीको प्रतिवेदन प्रहरीको काम कारबाहीलाई प्रभावित गर्ने मनसायले आएको बताएको छ ।

अदालतमा थुनछेक बहस हुँदा सबुद प्रमाणका आधारमा प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको उल्लेख गरेको छ । साथै सरकारी वकिलको कार्यालय र कैलाली जिल्ला अदालतमा बयानका क्रममा एम्नेष्टिको प्रतिवेदनमा दाबी गरे जस्तो बलजफ्ती वा यतना सम्वन्धी कुनै विषय उल्लेख नभएको प्रहरीले बताएको छ ।

यदि यातना दिएको भए अदालतमा मुद्दा दायर गरी क्षतिपूर्ति र दोषीलाई विभागीय कारबाही गर्न माग गर्दै कानुनी उपचार समेत नखोजेको प्रहरीले बताएको छ ।

एम्नेष्टीले अनुसन्धानमा संलग्न पदाधिकारी, सरकारी वकिल र न्यायीक निकायका पदाधिकारीसँग छलफल नभएको भन्दै प्रहरीले भनेको छ, ‘एकतर्फी रुपमा पूर्वाग्रही प्रतिवेदन तर्जुमा गरी सार्वजनिक गरेेको पाइएको छ ।’

प्रचलित कानुन बमोजिम बैज्ञानिक एवं प्रमाणमुखी अनुसन्धान गर्ने प्रहरीको काम कारबाही तथा अभियानलाई प्रभावित तुल्याउने गरी प्रतिवेदन सार्वजनिक गर्नु दुःखद रहेको प्रहरी प्रधान कार्यालयको ठहर छ’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment