Comments Add Comment

आइटिएफ वर्ल्ड च्याम्पियनसीपमा आजदेखि नेपालको खेल सुरु हुँदै

ITF-Taekwando

१२ साउन, काठमाडौं । बेलायतको ब्राइटनमा जारी १८औं एडल्ट तथा सिनियर र १३औं जुनियर आइटीएफ वर्ल्ड तेक्वान्दो च्याम्पियनसीप अन्तर्गत आजदेखि नेपाली खेलाडीहरुको खेल सुरु हुँदैछ । प्रतियोगितामा नेपालबाट ४ खेलाडीको प्रतिनिधित्व छ ।

प्रतियोगिताको दोस्रो दिन आज लक्ष्मण बस्नेतको खेल हुँदैछ । उनले भेट्रानतर्फ ६४ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् ।

लक्ष्मण तेक्वान्दो आइटीएफ नेपालका अध्यक्ष एवं अन्तर्रास्टि्रय प्रशिक्षक तथा रेफ्रीसमेत हुन् । उनले प्रतियोगिताको जुनियर तथा सिनियर प्रतियोगितामा रेप|mीको भूमिका निर्वाह गर्नेछन ।

लक्ष्मण बस्नेत भने आइटीएफ तेक्वान्दोमा नेपाललाई पहिलोपटक अन्तर्रास्टि्रय पदक भित्र्याउने खेलाडी हुन्, उनले सन् २००४ को मलेशिया ओपनमा कास्य पदक जितेका थिए ।

त्यस्तै नेपालका अन्य खेलाडीहरुमा सस्मन बस्नेत, घनश्याम आचार्य खत्री, रघुनाथ बस्नेत छन् ।

कक्षा १० मा अध्ययनरत सस्मन बस्नेतले नेपालमा भएको दोस्रो सगरमाथा खुल्ला तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका थिए उनले १४ देखि १५ बर्ष उमेर समूहमा ६४ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै यसअघि सन् २०१० मा युकेमा भएको विश्व तेक्वान्दो च्याम्पियनसीपमा सहभागी भइसकेका घनश्याम आचार्य खत्रीले सिनियरतर्फ ५४ केजिमुनी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै रघुनाथ बस्नेतले सिनियर ७० केजी तौल तर्फ प्रतिस्पर्धा गर्नेछन ।

तस्वीरः रजेन्द्र केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment