Comments Add Comment

मोदी सरकारले मलाई मार्न पनि सक्छः केजरीवाल

Kejriwal

१२ साउन, काठमाडौं । भारतीय लोकतन्त्रको एक अभूतपूर्व घटनामा दिल्लीका मुख्यमन्त्रीले मोदी सरकारबाट आफ्नो ज्यानको खतरा रहेको बताएका छन् ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बुधबार युट्यूबमा जारी गरेको भिडियो सन्देशमा मोदी सरकारमाथि दमनको आरोप लगाएका छन् । र, मोदी सरकारबाट आफूलाई ज्यानको खतरा रहेको बताए ।

उनले भनेका छन्, ‘पहिलादेखि नै दमन हुँदैछन् र आउने समयमा यो अझ खराव हुनेछ । यो (मोदी सरकार) कुनै पनि हदसम्म जान सक्छ । हामीलाई मार्न पनि सक्छ । यसले मलाई पनि मार्न सक्छ । यसले जे पनि गर्न सक्छ ।’

सन्देशमा उनले आम आदमी पार्टीका विधायक, मन्त्री र कार्यकर्तालाई कम्बर कस्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘आफ्नो परिवारसँग कुरा गर्नु। यदि बलिदानका लागि तयार हुनुहुन्छ भने साथ दिनुस् । यदि मुटु कमजोर छ भने केही समयका लागि साथ छोड्नुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment