Comments Add Comment

एमाले सचिवको प्रश्नः प्रचण्ड प्रधानमन्त्री बन्दा भारतमा दिपावली किन ?

१२ साउन, काठमाडौं । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले प्रचण्डको नेतृत्वमा बन्ने सरकारमा एमाले कुनै हालतमा सहभागी नहुने दाबी गरेका छन् । एमाले अब सशक्त प्रतिपक्षको भूमिकामा बस्ने उनले स्पष्ट पारे ।

Pradeep-Gyawaliबुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा एमाले सचिव ज्ञवालीले मुलुकको पछिल्लो राजनीतिक घट्नाक्रमलाई आफूहरुले नजिकबाट नियाँलिरहेको बताए ।

उनले भने, ‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेपालको प्रधानमन्त्री बन्ने हो । तर, भारतीय मिडियाहरुमा जुन प्रतिक्रियाहरु आइरहेका छन्, त्यसले देशको हुर्मत काटेको छ ।’

यद्यपि उनले यसबारेमा आफूले बोल्न नमिल्ने भएपनि बाध्यता भएर टिप्पणी गरेको दाबी गरे । उनले अघि थपे, ‘माओवादीले यसबारेमा बोल्नुपर्ने हो, तर अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन, दुःख लाग्दो कुरा छ ।’

उनले नेपाललाई दीर्घकालीन अहित हुने एजेण्डा बोकाएर प्रचण्डलाई स्खलित गर्ने काम त कतै भइरहेको छैन भन्नेमा आफूलाई चिन्ता लागेको बताए ।

नेपालको राजनीतिक घट्नाक्रमलाई लिएर चीनले जारी गरेको पछिल्लो विज्ञप्ति स्वभाविक रहेको ज्ञावलीको भनाइ थियो । उनले भने ,’एउटा छिमेकी सरकार परिवर्तन भएपनि दुई देशवीचको सम्बन्धमा कुनै असर पर्दैन भन्छ, अर्को चाहीँ सरकार परिवर्तन भएसँगै दिपावली गरिरहेको छ ।’

एमाले सचिव ज्ञवालीले नयाँ सरकार गठनसँगै फेरि नेपाललाई भारतसँगको निर्भरतामा धकेलिन लागेको आशंका व्यक्त गरे । उनले आफ्नो पार्टी संविधानको कार्यान्वयन, समयमै निर्वाचन सम्पन्न गर्नुपर्ने, संविधानको सर्वस्विकार्यताको लागि मधेस केन्दि्रत दलहरुको असन्तुष्टिलाई संविधान संशोधन मार्फत हल गर्ने, सन्तुलित अन्र्तराष्ट्रिय सम्बन्ध कायम गर्ने लगायतका महत्वपूर्ण विषयहरुमा जिम्मेवार भएर लाग्ने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेका विकासका योजनालाई नयाँ बन्ने सरकारले निरन्तरता दिन्छ कि दिँदैन भनेर एमालेले हेर्ने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment