Comments Add Comment

२ फिल्म सर्दा मलिनालाई राहत, दयाहाङको पनि यस्तै स्थिती

dayahang rai and malina joshi
एकपछि अर्को हप्ता आफू अभिनित चलचित्र रिलिज हुँदा कलाकारलाई घाटा लाग्छ । एकसाता अगाडि पर्दामा देखिएका कलाकार अर्को साता नयाँ चलचित्रका साथ पर्दामा देखिदा दर्शकको रुची घट्छ ।

संभवत निर्माणपक्षले बेलैमा ध्यान नदिएको भए नायक दयाहाङ राई र नायिका मलिना जोशीको हकमा यस्तै हुने थियो । भदौ ३ गते दयाहाङ अभिनित चलचित्र ‘वीर विक्रम’ रिलिज हुँदैछ । तर, यसको एक सातापछि उनै दयाले मुख्य भूमिका निर्वाहा गरेको चलचित्र ‘झुम्की’ प्रदर्शन हुने पक्का थियो । तर, अब यो चलचित्रको प्रदर्शन मिति केही पर सरेपछि दयाहाङलाई राहत मिलेको छ । उनलाई मात्र होइन, चलचित्र ‘वीर विक्रम’का निर्मातालाई पनि फाइदा हुने देखिएको छ ।

यस्तै, भदौ ९ गते नायिका मलिना जोशी अभिनित चलचित्र ‘झुम्की’को डेट पक्का थियो । त्यसको एक सातामै उनको मुख्य भूमिका रहेको चलचित्र ‘द विनर’ रिलिज गर्ने भन्दै डेट पक्का गरिएको थियो ।

तर, अब तोकिएको मितिमा मलिनाका दुबै चलचित्र नचल्ने भएका छन् । यसले भदौमा देखिएको चलचित्रको चापलाई घटाएको छ । अब, दयाको एउटा मात्र चलचित्र रिलिज हुँदा मलिनाको दुबै चलचित्र तोकिएको मितिमा नआउने भएका छन् ।

यी दुई चलचित्रले भदौमा नै प्रदर्शन मिति तोकेनन् भने १० वटा चलचित्र हलमा लाग्ने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment