Comments Add Comment

रोबोटले लेख्यो हरर फिल्म

हामीहरु विस्तारै विस्तारै यस्तो समयको नजिक आएका छौँ जहाँ हरेक कामको जिम्मा रोबोटको हातमा हुनेछ ।

horror filmGreenlight Essential नामको एक कम्पनीले एक आर्टिफिसियल इन्जेलिजेन्ट रोबोट तयार गरेको छ जसले मानिसहरुको प्रतिक्रियाको विश्लेषण गर्न सक्दछ ।

श्रोतलाई के मन पर्यो, के मन परेन भन्ने कुराको विश्लेषण गरी उसले मानिसहरुको रुचीको आधारमा कथा लेख्न सक्दछ ।

कम्पनीको उक्त रोबोटले एउटा फिल्मको कहानी लेखेको छ र रोबोटको कहानीको आधारमा हरर फिल्मको ट्रेलर तयार भएको छ । उक्त फिल्मको ट्रेलर सार्वजनिक भएको छ ।

Impossible Things नामक उक्त हरर फिल्ममा एक परिवारको कथा समावेश छ । रोबोटले स्क्रिप्ले र ट्रेलर तयार गरेको छ । कम्पनीले यहीँ ट्रेलरको आधारमा पूरै फिल्म बनाउन चाहेको छ ।

कम्पनीका अनुसार यो रोबोटले स्क्रिप्ले अर्थात् फिल्मको कथा तयार पार्न सक्दछ । साथै यसले फिल्मको बक्स अफिसको विश्लेषण गरी कुनैपनि कथामा बनाइने फिल्मले नाफा कमाउन सक्छ की सक्दैन भन्ने कुराको पनि भविष्यवाणी गरिदिन सक्दछ ।

अर्कोतर्फ रोबोटले तयार पारेको फिल्मको ट्रेलरमा कुनै नयाँ कुरा भने छैन र हामीले पहिले नै देख्दै आएका हरर फिल्मका दृश्य जस्तै छन् ।

हुनपनि यो रोबोटले सबै सफल फिल्मका कथाहरुको विश्लेषण गरी आफ्नो नयाँ कथा तयार पार्नेहो । त्यसैले उसले लेख्ने कथाहरु विल्कुनै नयाँ नभै पूरानै कथाहरुको पुनरावृत्ति हुन्छ । तर अर्कोतर्फ एक कम्प्युटर प्रोग्रामको सहायताले यो रोबोटले मानिसलाई जुन सहयोग गर्न सक्दछ त्यसले पूरै खेल नै परिवर्तन गरिदिन सक्दछ ।

आखिर के गर्नुपर्नेछ र बनाउन लागिएको फिल्म मानिसहरुलाई रुच्नेछ की छैन भन्ने कुरा रोबोटले मानिसलाई बताइदिने भएपछि त्यसले फिल्म निर्मातालाई ठूलो सहयोग मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment