Comments Add Comment

झापामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ७ पुग्यो

Jhapa-Duban१३ साउन, झापा । झापामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ ।

बुधबार राजगढमा पानी जमेको खाल्डोमा डुबेर एक युवकको मृत्यु हो । मृत्यु हुनेमा मिलन लिम्बू रहेका झापाका प्रहरी प्रवक्ता हरिप्रसाद शर्माले जानकारी दिए ।

यसअघि मृत्यु हुनेहरुमा गरामनी-२ का ३४ वर्षीय लुखीराम सोरेन, तोपगाछी-८ का दुई वर्षे बालक मनिष भुजेल, गौरादहका अनुज न्यौपाने र टेकेन्द्र खड्का, गोलधाप-८ का ६४ वर्षीय कालिबहादुर लिम्बू र तोपगाछीकी ७० वषर्ीय जयकुमारी राई छन् ।

झापाका प्रमुख नदीहरु कन्काई, बिरिङ्, मेची, अन्दुवा लगायतमा पानीको बहाव बढ्दा जिल्लाका अधिकांश क्षेत्र डुबानमा परेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीले धानबालीमा पनि ठूलो क्षति पुर्‍याएको छ ।

बाढीले झापाको सुरुङ्गादेखि सीमावर्ती क्षेत्र लसुना (झापा बजार) जोड्ने अमरपथ खण्ड अन्तरगतको तुलसीबारी-चप्रामारी क्षेत्रमा कालोपत्रे सडक बगाएको छ ।

त्यस्तै, दुधे-शिवगञ्ज सडकखण्डमा पनि क्षति पुगेको छ । जसका कारण यी दुई मार्गमा अझैसम्म सवारीसाधन आवतजावत गर्न सकेका छैनन् ।

राहत
जिल्ला दैवी प्रकोप उद्धार समिति, झापाले बाढी पीडितहरुलाई राहत विवरण कार्यमा तीब्रता दिएको छ । समितिले नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा झापा, नेपाल प्रहरी, नेपाली सेनालगायतको सहयोग राहत वितरण गरिरहेको हो ।

बुधबार जिल्लाको दक्षिणी क्षेत्र केचना, पाठामारी, भैंसीबाडी लगायतको क्षेत्रमा बाढी पीडितहरुको निरीक्षण एवम् राहत वितरणको कार्य गरिएको समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए ।

भऽपुर-१ को भैंसाबाडीमा रहेका १ सय २६ पीडित घरपरिवारलाई रेडक्रस झापाले २५ थान त्रिपाल र ४० थान कम्बल वितरण गर्‍यो । ती परिवार अहिले हिमाली उच्च मावि, पृथ्वीनगरमा छन् ।

त्यस्तै, केचना गाविसमा बाढीबाट विस्थापित बनेका १ सय ६० परिवारलाई ४५ थान त्रिपाल, ८० थान कम्बल र बालबालिकाहरुका लागि १ सय थान रेडिमेड कपडा वितरण गरियो । उनीहरुले केचनास्थित महेन्ऽ रत्न निमाविमा छन् ।

त्यसै गरी, मेची नदीका कारण विस्थापित बनेका पाठामारीका १ सय ६५ घरपरिवारलाई १० थान त्रिपाल र २४ थान कम्बल वितरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment