Comments Add Comment

‘आउँदैछु म’ सार्वजनिक, भिडियोमा विनिताको पारिश्रमिक कती ?

album bimochan
बेलायतमा बस्दै आएका नव-गायक सुरेशराज पाठकले डेब्यु एल्बम ‘आउँदैछु म’ बजारमा ल्याएका छन् । काठमाण्डौमा आयोजितएक कार्यक्रममा गायक सिताराम पोखरेल, संगीतकार टिका भण्डारी, मोडल, नायिका तथा लेखक विनिता बराल, प्रहरी उपरीक्षक मिलन बस्नेत र म्युजिक भिडियो निर्देशक समन अधिकारीले एकसाथ एल्बम सार्वजनिक गरे ।

कार्यक्रममा मोडल विनिताले आफु अमेरिकामा रहँदा एक्सन कट मिस गरिरहेको बताउँदै भिडियोमा राम्रै पारिश्रमिकमा काम गरेको बताइन् । उपन्यास ‘जुइनो’की लेखिका विनिता भिडियोमा पनि उपन्यासकै साथ प्रस्तुत भएकी छन् ।

एल्बममा विपिन आचार्यको संगीत र दीपकराज पाठकको शब्द छ । कार्यक्रममा एल्बममा समावेश ‘तिम्रो नजरमा गिरेको दिन’बोलको गीतको भिडियेा पनि सार्वजनिक गरिएको थियो । भिडियोमा विनितासहित प्रकाश लम्साल र शेखर लम्सालको अभिनय छ । निर्देशक शिवमको निर्देशन रहेको भिडियोमा शिवराम श्रेष्ठको छायांकन र निशान घिमिरेको सम्पादन छ । एल्बमलाई रेस्क्यु क्रिएसनले बजारमा ल्याएको हो ।

एल्बममा ‘आउँदैछु म आउँदैछु म’, ‘तिम्रो नजरमा गिरेको’, मुटु मेरो रेटी रेटी’, ‘तिमी मेरी घाम, तिमी नै हो जुन’ बोलका गीत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment