Comments Add Comment

अखिल क्रान्तिकारीको अध्यक्षमा नरेन्द्र न्यौपाने

९९९ सदस्यीय कमिटी गठन

१३ साउन, काठमाडौं । माओवादीसमर्थित अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्लले जिम्मेवारीबाट विदा लिएका छन् । मल्लको ठाउँमा जुम्ला निवासी नरेन्द्र न्यौपाने अध्यक्ष बन्ने भएका छन् ।

Narendra-Neupane
नरेन्द्र न्यौपाने

राजधानीमा विहीबार आयोजना गरिएको एकता राष्ट्रिय भेलाले न्यौपानेलाई अध्यक्षमा ल्याउने तयारी गरी उनकै संयोजकत्वमा ९९९ सदस्यीय महाधिवशन अायोजक समिति गठन गरेको छ ।

एकता राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा बुधबार राति विद्यार्थी फ्राक्सन इञ्चार्ज हितमान शाक्यको नेतृत्वमा बसेको बैठकले न्यौपानेलाई अध्यक्ष बनाउने निर्णय गरेको थियो । न्यौपाने यसअघि वरिष्ठ उपाध्यक्ष दिए ।

प्रचण्ड नेतृत्वको पार्टी एकता भएपछि बादल समर्थित रत्न ढकालको अखिल क्रान्तिकारी र मात्रिका यादव समर्थित सन्तोष विष्टको समूह वीच औपचारिक रुपमा एकता भेला भएको हो ।

भेलामा अखिल क्रान्तिकारीका तत्कालीन अध्यक्ष रमेश मल्लले नरेन्द्र न्यौपानेलाई नेतृत्व हस्तान्तरण गरे । महाधिवेशन आयोजक समितिको सहसंयोजकमा खुसीराम चौधरी र यज्ञराज खरेल चयन भएका छन् ।

न्यौपानेलाई नेतृत्व हस्तान्तरण गर्दै मल्लले आयोजक समितिलाई ६ महिनाभित्र महाधिवेशन गराउने जिम्मेवारी दिइएको जानकारी गराए । मल्लले विद्यार्थी आन्दोलनमा नयाँ अध्यायको शुरुवात भएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment