Comments Add Comment

जोनको दाबीः ‘मेरो सफलताको राज म आफै हुँ’

john abraham
‘जिस्म, धुम, दोस्ताना, न्युयोर्क एवं मद्रास क्याफे’ जस्ता चर्चित चलचित्रमा अभिनय गरेका छन् बलिउड नायक जोन अब्राहमले । बलिउडका सफल नायक जोन आफ्नो सफलताको श्रेय केवल आफैंलाइ दिन्छन् ।

जोनले सन् २०१४ मा प्रवासी भारतीय इन्भेस्टमेन्ट बैंकर प्रिया रुचालसँग विवाह गरे । धेरैले अनुमान गरेका थिए कि विवाहपछि जोनको करिअर सुस्ताउनेछ । यतिसम्म कि केही भारतीय मिडियाले त उनलाई श्रीमतीले चलचित्र खेल्नै नदिने टिप्पणी समेत गरेका थिए ।

नयाँ चलचित्र ‘ढिस्यूम’मा अभिनय गरेका जोन यो प्रोजेक्टमा आशावादी छन् र आफु सफल हुनुको श्रेय आफैंलाइ दिने बताउँछन् । ‘मेरो सफलताको पछाडी मेरै हात छ किनकी, मैले निकै मेहनत गरेको छु’ उनले भने ।

बलिउडमा अहिले पनि स्टारका सन्तानकै बोलवाला हुने गर्छ । यस अर्थमा जोन केही कम पात्र भित्र पर्छन् जो आफ्नै मिहिनेतले एउटा स्थानमा छन् ।
१३ वर्षदेखि बलिउड चलचित्रमा सक्रिय जोन जीवनभर यहाँ नैसक्रिय हुने दाबी गर्छन् । ‘म यसकारण पनि टिक्छु, किनकी जस्तो पायो त्यस्तै चलचित्रमा काम गर्दिन’, उनले भने ।

केहि एक्सन चलचित्रमा खतरनाक स्टन्ट गरेका जोन सुटिङकै क्रममा घाइते समेत भएका छन् । तर, उनलाई कमेडी चलचित्र धेरै मन पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment