Comments Add Comment

ट्रम्प भविश्यको योजना र तथ्यको जानकारी नभएका बिजनेसम्यानः ओबामा

barak obama_ helari१३ साउन, काठमाडौं ।  अमेरिकी राष्ट्रपति बाराक ओबामाले रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प भविश्यको योजना र तथ्यको जानकारी नभएका एक बिजनेसम्यान भएको बताएका छन् ।

ट्रम्पसँग मजदुरको सम्मान समेत नभएको उनले बताए । ओबामाले डेमोक्रेटिक पार्टीका उम्मेदवार (हिलारी क्लिन्टन) नै अमेरिकाको नयाँ राष्ट्रपति बन्ने दाबी गरे ।

डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा ओबामाले क्लिन्टनको खुलेर प्रशांसा गरे ।  उनले आफ्नो आठ वर्षे कार्यकालको उपलब्धिबारे पनि चर्चा गरेको बीबीसीले जनाएको छ । उनले भनेका छन् कि उनी अमेरिकाको भविश्यलाई लिएर अधिक आशावादी छन् ।

पाँच करोड रोजगारीको सृजना गरेको, स्वच्छ उर्जाको उत्पादनमा दोब्बर बनाएको, हेल्थ केयरमा ध्यान दिएको र परमाणु हतियारको उत्पादन बन्द गरेर नयाँ अध्याय सुरु गरेको उनले बताए । उनले क्युवासँगको सम्वन्ध सुधारको पनि जिकिर गरे ।

राष्ट्रपति ओबामाले भनेका छन्, हामीले विश्वबाट ओसामा बिन लादेनको खतरालाई अन्त्य गर्‍यौं । तर, हामीले अझै हरेक अमेरिकी नागरिकका लागि धेरै गर्न बाँकी  छ ।’

उनको भाषणका क्रममा सम्मेलन स्थलमा उपस्थित मानिसहरुले एस वि क्यानको नारा लगाएका थिए ।

उनले क्लिन्टनको प्रशांसा गरे । हिलारी क्लिन्टनप्रति विश्वभर सम्मान रहेको ओबामाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment