Comments Add Comment

सागमा स्वर्ण बिजेता फुटबल टोलीलाई सरकारको सम्मान

Football-Samman

१३ साउन, काठमाडौं । सरकारले गत बर्ष भारतमा सम्पन्न १२औं सागको स्वर्ण बिजेता नेपाली फुटबल टोलीका सदस्यलाई पूर्वधोषित पुरस्कार रकममध्ये जनही २ लाख प्रदान गरेको छ ।

१२औं सागको फुटबलतर्फ भारतलाई हराउँदै स्वर्ण जितेको नेपाली टोलीका प्रत्येक सदस्यलाई ५/५ लाख पुरस्कार दिने निर्णय सरकारले त्यसबेलै गरेको थियो ।

बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी ओलीले नेपाली टोलीका सदस्यलाई जनही २/२ लाखको चेक हस्तान्तरण गरे । त्यस्तै सागका प्रशिक्षक राजुकाजी शाक्यले भने ३ लाख पुरस्कार पाएका छन् ।

सरकारले खेलाडीको पुरस्कार बापतको बाँकी ३ लाख पनि छिट्टै उपलब्ध गराउने बताएको छ ।

सागमा स्वर्ण र बंगबन्धु गोल्डकपमा उपाधि जितेको नेपाली टेालीका सदस्यलाई अखिल नेपाल फुटबल संघ एन्फाले यसअघि नै १०/१० लाख पुरस्कार प्रदान गरिसकेको छ ।

नेपालले गत बर्ष एक महिनाको अन्तरमा बंगलादेशमा बंगबन्धु गोल्डकप र भारतको गुवहाटीमा भएको सँगको फाइनलमा चीर प्रतिद्धन्दी भारतलाई हराउँदै स्वर्ण जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment