Comments Add Comment

जब रातको ३ बजे करणले रनवीर र अनुष्कालाई बोलाए

ranbir kapoor and anuska sharma
रातको ३ बजे त्यस्तो के काम पर्‍यो होला र, बलिउडका चर्चित निर्देशक तथा निर्माता करण जोहरले २ चर्चित अनुहारलाई फोन गरेर बोलाए । करण यतिबेला चलचित्र ‘ए दिल हे मुश्किल’को काममा व्यस्त छन् । उनले चलचित्रका मुख्य २ कलाकार रनवीर कपुर र अनुष्का शर्मालाई रातको ३ बजे मुम्बइको मेहबुब स्टूडियोमा बोलाएका थिए ।

करण विशेषगरि, फोटोग्राफरहरुबाट गीतको कुनै पनि तस्बिर लिक नहोस् भन्ने चाहन्थे । यसैले पनि उनले रातको ३ बजे कलाकारलाई बोलाएका थिए । रातभर चलचित्रको गीतको छायांकन गरिएको थियो ।

करणका मेनेजरले भारतीय मिडियालाई दिएको जानकारी अनुसार बिहान ७ बजेसम्म गीतको छायांकन गरिएको थियो । तिहारमा रिलिज हुने लभस्टोरी चलचित्रमा ऐश्वर्या रायको पनि मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment